सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वकै खतरनाक हवाई दुर्घटनाहरु

हवाई यात्रालाई यातायातको सबैभन्दा सहज माध्यम मानिन्छ। तर, हवाई उडानको इतिहास हेर्ने हो भने यात्रा सधैं सुरक्षित देखिन्न। विश्वमा व्यावसायिक उडान सुरु भएयता धेरै संख्यामा आङ नै सिरिङ पार्ने खालका हवाई दुर्घटनाहरू भएका छन्।

समयको क्रमसँगै उडानका यात्रा गन्तव्यहरू विस्तार हुँदै गए भने विमानको यात्रु बोक्ने क्षमता पनि बढ्दै गयो। यससँगै हवाई दुर्घटना र यसबाट मृत्यु हुनेको संख्यामा वृद्धि हुन थाल्यो। तर यस्ता ठूला दुर्घटनाका कारण नै उड्डयन सुरक्षा र प्रविधिमा नयाँ विकास र फड्को मार्दै गएको पनि देखिन्छ। यसले हाम्रा अधिकतम यात्रालाई सहज र सुरक्षित पनि बनाएका छन्। यद्यपि मेकानिकल विफलता, मानव त्रुटि एवं खराब मौसमी अवस्थालगायतले विश्व हवाई उडानका क्षेत्रमा थुप्रै भयानक दुर्घटना भएका छन्। तीमध्येका केही मुख्य घटनाबारे रामकला खड्काको प्रस्तुति स्

टेनेरिफ एयरपोर्ट दुर्घटना

यसलाई विश्वको उड्डयन इतिहासमै सबैभन्दा ठूलो हवाई दुर्घटनाका रूपमा लिने गरिएको छ। सन् १९७७ को मार्च २७ तारिखमा स्पेनको क्यानरी टापुस्थित ग्र्यान क्यानारिया एयरपोर्टमा दुईवटा बोइङ रनवेमा ठक्कर खाँदा बिस्फोट भएको थियो। दुर्घटनाग्रस्त दुवै विमान ग्र्यान क्यानरी टापुको लस पाल्मसबाट उड्ने कार्यक्रम थियो। यद्यपि अघिल्लो दिन त्यहाँ भएको आतंकवादी बम विस्फोटले गर्दा विमानहरूलाई टेनेरिफ टापुको लस रोडियोस एयरपोर्टमा मोडिएको थियो।

यस दुर्घटनामा केएलएम उडान ४८०५ र पान एम उडान १७३६ परेका थिए। बाक्लो कुहिरो, ग्राउन्ड राडरको अभाव, असामान्य एयरपोर्ट ट्राफिक र सञ्चारमा त्रुटिका कारण, यी दुई बोइङ ७४७ जमिनमै एकापसमा ठोक्किएका थिए। विस्फोटका कारण दुवै विमानमा सवार ५ सय ८३ यात्रुको ज्यान गयो। त्यतिबेला पान एम उडानमा रहेका ६१ जना भने भाग्यवश बाँच्न सफल भएका थिए। उनीहरूले विमानको बायाँ पखेटा नजिकको प्वालबाट भागेर ज्यान जोगाएका थिए।

जापान एयरलाइन्स उडान १२३

जापान एयरलाइन्सको उडान १२३ को दुर्घटनालाई हालसम्मकै सबैभन्दा खराब एकल जहाज दुर्घटनाको रूपमा लिइन्छ। सन् १९८५ को अगस्ट १२ तारिखका दिन भएको दुर्घटनालाई ‘माउन्ट ओसुटाका एयरलाइन डिजास्टर’ पनि भनिन्छ। चालक दलका सदस्यसहित ५ सय २४ यात्रु बोकेको बोइङ ७४७ विमान टोकियोको उत्तरपश्चिमस्थित माउन्ट ताकामगाहरामा दुर्घटनाग्रस्त भएको थियो। उक्त विमान टोकियोको हानेदा विमानस्थलबाट ओसाकाका लागि उडेको थियो। साँझ ६ः१२ मा उडान भरेको विमान एक घण्टापछि ओसाका पुग्ने तालिका थियो। त्यो साँझ जापानी चाड बोनका लागि मानिस घरपरिवार र आफन्तलाई भेट्न वा पर्व बिदा मनाउन हिँडेकाले जहाज भरिभराउ थियो।

विश्वको उड्डयन इतिहासमै सबैभन्दा ठूलो हवाई दुर्घटनाका रूपमा लिने गरिएको छ, टेनेरिफ एयरपोर्ट दुर्घटना। सन् १९७७ को मार्च २७ तारिखमा स्पेनको क्यानरी टापुस्थित ग्र्यान क्यानारिया एयरपोर्टमा दुईवटा बोइङ रनवेमा ठक्कर खाँदा बिस्फोट भएको थियो।

उडानको ४५ मिनेटपछि उक्त अकल्पनीय घटना घट्यो। ओसुटाका पर्वत नजिकैको टाकामगहरा पर्वतमा विमान विस्फोट भयो। राडारसँग सम्पर्क टुटेर पाइलटले विमानमाथि नियन्त्रण गुमाए पनि चालक दलले अर्को आधा घण्टाका लागि यसलाई हावामै उडाउन सफल भएको थियो। तर, अन्ततः विमान पहाडको खोंचमा दुर्घटना भयो। दुर्घटनास्थल निकै दुर्गम भएकाले उद्धार कार्यमा निकै कठिनाइ भएको थियो। दुर्घटना भएको १४ घण्टा बितिसक्दा पनि आपत्कालीन उद्धार टोलीहरू उक्त क्षेत्रमा पुग्न सकेका थिएनन्। दुर्घटनाग्रस्त विमानमा रहेका ५ सय २४ मध्ये जम्मा ४ जना मात्र बाँच्न सफल भए। बारम्बार अवतरण र टेकअफका कारण संरचनात्मक रूपमा कमजोर भएको पखेटाका कारण दुर्घटना भएको मानिएको थियो।

चरखी दादरी दुर्घटना

नयाँ दिल्लीको पश्चिममा रहेको एउटा सानो गाउँ चरखी दादरीमा यो दुर्घटना भएको थियो। साउदी अरेबियन एयरलाइन्सको उडान ७६३ भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टबाट उडेर करिब १४ हजार फिटको उचाइ लिएको थियो। यसको नजिकै करिब १५ हजार फिटको उचाइमा काजकिस्तान एयरलाइन्सको जहाज रहेकाले अरेबियन एयरलाइन्सको जहाजलाई सोही उचाइमा रहन भनिएको थियो। त्यहाँको एयर ट्राफिक कन्ट्रोलरले दुवै पाइलटलाई यस विषयमा सचेत गराइरहेका थियो।

सन् १९९६, नोभेम्बर १२ तारिखका दिन दुर्भाग्यवश दुवै जहाज एकापसमा ठोक्किए। नजिकै उडिरहेको अमेरिकी सेनाको विमानको झ्यालबाट उक्त विस्फोट देखियो। तत्कालै एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराइएको थियो। काजकस्तानी पाइलटहरूको अंग्रेजी भाषामा सञ्चार गर्ने कमजोर क्षमता र इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राडरको निगरानी अभावका कारण पाइलटहरूले ती विमानलाई एक आपसमा ठोक्किनबाट जोगाउन नसकेको बताइन्छ। दुर्घटनामा दुवै उडानमा रहेका सबै ३ सय ४९ जनाको ज्यान गएको थियो।

टर्किस एयरलाइन्स उडान ९८१

टर्किस एयरलाइन्सको उडान ९८१ को दुर्घटना सन् १९७४ मार्च ३ मा भएको थियो। फ्रान्सको आकाशमाथि उडिरहेका बेला यस विमानको देब्रेपट्टिको कार्गो ढोका खुलेको थियो। यसले विमान असन्तुलित भई दुर्घटना हुन पुगेको थियो। डिजाइनमा रहेको त्रुटि दुर्घटनाको मुख्य कारण मानिएको छ। यसैगरी अंग्रेजी र टर्की दुवै भाषामा प्रदान गरिएका निर्देशनहरू मोरक्कोका ब्यागेज ह्यान्डलरहरूले राम्ररी पढ्न र बुझ्न नसक्दा विमान दुर्घटना भएको बताइन्छ।

मलेसियाली एयरलाइन्सको उडान एमएच ३७० बेपत्ताा भएपछि यो विषय धेरै सञ्चारमाध्यमको हेडलाइन बन्यो। विमान आश्चर्यजनक रूपमा ८ मार्च, २०१४ मा हराएको थियो।

विमान ७ सय ८३ किलोमिटर प्रतिघण्टाको गतिमा विस्फोट भएको थियो। फ्रान्सको ठीक बाहिरी भागमा अवस्थित एर्मोनभिल जंगलमा विमान हजारौं टुक्रामा टुक्रियो। यसका पाटपुर्जा यति छरपस्ट भएका थिए कि त्यसमा रहेका व्यक्तिको पहिचान र प्रमाण संकलन गर्न निकै चुनौती भएको थियो। दुर्घटनामा ११ जना चालक दलसहित यसमा यात्रा गरिरहेका ३ सय ३५ गरी कुल ३ सय ४६ यात्रुको मृत्यु भएको थियो।

अमेरिकन एयरलाइन्स उडान १९१

अमेरिकाको सिकागोस्थित ओ हेर इन्टरनेसनल एयरपोर्टनजिकै भएको अमेरिकी एयरलाइन्स उडान १९१ को दुर्घटना अमेरिकाभित्र भएका सबैभन्दा भयानक दुर्घटनामा गनिन्छ। सन् १९७९ मे २५ मा भएको दुर्घटनामा चालक दलका १३ र जहाजमा सवार २ सय ५८ यात्रीका साथै दुर्घटनास्थलमा रहेका दुई व्यक्तिले समेत ज्यान गुमाए। तीनवटा इन्जिनयुक्त म्याग डोनेल डगलस डीसी–१० जेटले उडान भरेको केही क्षणमै दुर्घटनामा परेको थियो।

विमानको बायाँ पखेटाको एउटा इन्जिन विमानबाट अलग्गिएर पखेटाको माथिपट्टिबाट रनवेमा झर्दा दुर्घटना भएको हो। दुर्घटना हुनुभन्दा दुई महिना अगाडि मात्र यसको इन्जिन फेरिएको थियो। तर, यही त्रुटिपूर्ण मर्मत प्रक्रियाका कारण दुर्घटना भएको बताइन्छ। जहाजमा रहेका सबै २ सय ७३ यात्रु र दुर्घटनास्थलमा रहेका दुई जनाको उक्त दुर्घटनामा ज्यान गएको थियो।

एयर इन्डिया फ्लाइट ८५५

सन् १९७८ को नयाँ वर्षको दिन। एयर इन्डियाको उडान ८५५ मुम्बईको सान्ताक्रुज एयरपोर्टबाट दुबईका लागि प्रस्थान गरेको थियो। एयर इन्डियाले सन् १९७१ मा किनेको ७४७ यस विमानको छुट्टै विशेषता थियो। दुर्भाग्यवश उक्त जहाजको उडान धेरै टाढा पुग्न सकेन। विमान टेक अफ भएको केही मिनेटमै मुम्बईको तटबाट केही पर रहेको अरबियन सागरमा यो दुर्घटनामा पर्‍यो।

उपकरणको खराबी दुर्घटनाको मुख्य कारण मानिएको छ। समुन्द्रमा अन्धकार भएकाले उपकरण जाँच गर्न नसक्दा र चालक दलले उचित प्रतिक्रिया दिन नसक्दा विपत्ति निम्तिएको बताइन्छ। भारतीय भूभागमा भएको दोस्रो सबैभन्दा डरलाग्दो यस दुर्घटनामा जहाजमा सवार सबै २ सय १३ जनाको मृत्यु भएको थियो।

एयर इन्डिया एक्सप्रेस उडान ८१२

एयर इन्डिया एक्सप्रेस उडान ८१२ दुबईबाट म्याङ्लोरका लागि उडेको थियो। टेबुल टप रनवे भएका देशका तीनवटा एयरपोर्टमध्ये म्याङ्लोर एयरपोर्ट पनि पर्छ। पहाडी इलाका भएका कारण रनवेको लम्बाइ सीमित थियो। सुरक्षित अवतरणका लागि उच्च सतर्कता आवश्यक पथ्र्यो। दुर्भाग्यवश यस अवस्थामा विमानका पाइलटले अवतरणको गलत गणना गरे। उनका यिनै गल्तीहरूले गर्दा विमान सामान्य टचडाउन बिन्दुभन्दा बाहिर अवतरण गर्‍यो। फलस्वरूप विमान धावनमार्ग छेउमा ठोक्किएर चट्टानमा खस्यो। यसैका कारण विमान टुक्रिएर आगो लाग्यो। दुर्घटनामा जहाजमा रहेका १ सय ५८ जनाको ज्यान गयो भने आठ जना भने ज्यान जोगाउन सफल भए।

अमेरिकी एयरलाइन्स उडान ५८७

अमेरिकी एयरलाइन्स उडान ५८७ को दुर्घटना संयुक्त राज्य अमेरिकामा भएको दोस्रो सबैभन्दा खराब हवाई दुर्घटनामा पर्छ। यो उडान नियमित रूपमा जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, न्युयोर्क सहर र लस अमेरिकाज अन्तर्राष्ट्रिय विमानस्थल, सान्टो डोमिंगो, डोमिनिकन रिपब्लिकबीच हुने गथ्र्यो। अमेरिकामा भएको सेप्टेम्बर ११ को आतंकककारी हमलाको केही महिनापछि दुर्घटना भएको थियो। विमान टेकअफ गरेलगत्तै दुर्घटनाग्रस्त भएपछि यसमा आतंकवादको आशंका पनि गरिएको थियो। पाइलटका गल्तीका कारण दुर्घटना भएको अनुसन्धानले पुष्टि गरेको छ।

राडरको अत्यधिक प्रयोगको परिणाम स्वरूप विमानबाट स्टेबिलाइजर अलग भयो। इन्जिनहरू पनि जमिनमा खस्नुभन्दा केही समयअघि नै अलग भएकाले दुर्घटना भएको बताइन्छ। क्विन्समा दुर्घटनाग्रस्त उक्त विमानमा सवार सबै २ सय ६० यात्रु र दुर्घटनाग्रस्त क्षेत्रका पाँच जनाले ज्यान गुमाएका थिए।

मलेसियाली एयरलाइन्स उडान ३७०

मलेसियाली एयरलाइन्सको उडान एमएच ३७० बेपत्ता भएपछि यो विषय धेरै सञ्चारमाध्यमको हेडलाइन बन्यो। विमान आश्चर्यजनक रूपमा ८ मार्च, २०१४ मा हराएको थियो। क्वालालम्पुरबाट बेइजिङका लागि उडेको उक्त विमानले बिना कुनै समस्या एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क गुमायो। हराएको जहाजमा रहेका २ सय ३९ यात्रुले ज्यान गुमाएको अनुमान गरिएको छ। विभिन्न राष्ट्रले दक्षिणी हिन्द महासागरमा विमानको व्यापक खोजी गरे पनि पत्ता लाग्न सकेन। विमानको खोजी कार्यमा पाँच लाखभन्दा बढी अमेरिकी डलर खर्च भएको थियो। अज्ञात कारणले उडानले मार्ग परिवर्तन गरेको र इन्धन पुगेसम्म उडान जारी राखेको हुन सक्ने अनुमान विज्ञहरूले गरेका छन्।

चाइना एयरलाइन्स उडान १४०

चाइना एयरलाइन्सको उडान १४० ले नियमित रूपमा ताइपेईको चियाङ काई–शेक अन्तर्राष्ट्रिय विमानस्थल, ताइवान र नागोयाको नागोया विमानस्थल, जापान बीचमा उडान भर्दै आएको थियो। दुर्भाग्यवश, सन् १९९४ अप्रिल २६ तारिखका दिन यो दुर्घटना भयो। त्यहाँका एक अधिकारीले अञ्जानमै टेकअफ÷गो–अराउन्ड बटन थिचेकाले दुर्घटना भएको बताइन्छ। पाइलटहरूले स्थिति सुधार्ने प्रयास गरे पनि अटोपाइलटले उक्त प्रयासलाई विफल पारिदिएका थिए। जसका कारण विमान दुर्घटना भयो र त्यसमा रहेका २ सय ७१ यात्रुमध्ये २ सय ६४ जनाको ज्यान गयो।

–एजेन्सीको सहयोगमा/यो समचार अन्नपुर्ण पोष्टबाट साभार गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »