गैरकानूनी रुपमा सम्पति आर्जन गरि शुद्धिकरण गरेको ठहर गरि बिशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रूपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । उनलाई सम्पति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुने समेत ठहर गरेको छ ।
बिशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रूपैयाँजरिवाना गरि ५ बर्ष कैद हुने फैसला गरेको हो ।