सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे क्षेत्र नं. १ मा प्रभावशाली नेता काे ? सुर्यमान दाेङ वा रेशम लामा

काठमाडौँ । मंसिर ४ गते हुने संघीय निर्वाचनमा जित हाँसिल गर्नका लागि काभ्रेमा नेकपा (एमाले) बाट क्षेत्र नं. १ मा रेशम बहादुर लामा र क्षेत्र नं. दुईबाट पूर्व मन्त्री गोकुल बास्कोटाले उम्मेदवार दर्ता गरेको छ भने गठबन्धनको तर्र्फबाट क्षेत्र नं. १ मा नेकपा माओवादीको तर्र्फबाट पूर्व मन्त्री सुर्यमान दोङ (लालध्वज), क्षेत्र नं. २ बाट नेपाली काग्रेसको तर्फबाट शिव हुँमागाईले उम्मेदवार दर्ता गरेको छ ।

काभ्रे क्षेत्र नं. १ मा गठबन्धनबाट उम्मेदवार दर्ता गरेका पूर्व मन्त्री सुर्य मान दोङ राष्ट्रियरुपमा चर्चा कमाउन सफल नेता हुन् । २०६४ सालको निर्वाचनमा संविधान सभाको सदस्यमा निर्वाचित भएपछि उर्जामन्त्री भएको थियो । संविधान सभाको हलमा तत्कालिन अर्थमन्त्री रामशरण महतले बजेट प्रस्तुत गर्न ड्यासमा जान लाग्दा सुटकेस खोसेको थियो । सुटकेश खोसेको फोट राष्ट्रिय मिडियामा चर्चा परिचर्चा बटुल्न सफल भएको थियो ।

आर्थिक वर्ष २०६७र६८ का लागि सुरेन्द्र पाण्डेले २०६७ मंसिर ३ गते संसदमै बजेट प्रस्तुत गरेका थिए । तर बजेट पेश गर्ने प्रकृयाबारे सरकार र प्रतिपक्षीबीच विवाद हुँदा अर्थमन्त्री पाण्डेमाथि नेकपा माओवादीका सांसद सुर्यमान दोङ लगाएतका सासदहरुले बजेटको सुटकेस खोस्ने प्रयास गरेको थियो । यसकारण सुर्यमान दोङ काभ्रे क्षेत्र नं. १ मा कमजोर उम्मेदवार भने होइन । पूर्वमन्त्री सुर्यमान दोङको पहलमा नै सुख्खाग्रस्त तेमाल बृहत खानेपानी आयोजना शूरु भएको थियो । त्यो आयोजना अहिले सम्पन्न हुने चरणमा रहेका छन् ।

नेकपा (माओवादी) पार्टी भित्र पनि सुर्यमान दोङ प्रभावशाली नेताको रुमा चिन्ने गरिन्छ । पार्टी भित्र केन्द्रिय अध्यक्षसँग सिधा कुरा गर्न सक्ने नेताको रुपमा सुर्यमान दोङलाई नै चिन्ने गरिन्छ । अब आउँदो मंसिर ४ गते हुने संघीय निर्वाचनमा सुर्यमान दोङलाई नेपाली काग्रेस र नेकपा (समाजवादी) पार्टीको समर्थन रहने छन् । यस अवस्थामा नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएको रेशम बहादुर लामाले प्रतिस्पर्दा गर्न सकिन्एला र ? भन्ने प्रश्न उठ्न थालेको छ । रेशम लामा नेकपा एमालेको जग देखि उठेका नेता भने होइन । राष्ट्रिय प्रजान्त्र पार्टी (कमल थापा) बाट नेकपा (एमाले)मा प्रवेश गरी केन्द्रिय अध्यक्ष केपी ओली र काभ्रेको प्रभावशाली नेता गोकुल प्रसाद बास्कोटालाई प्रभावमा पारी अहिलेको निर्वाचनमा टिकट ल्याउन सफल भएको छ । प्राप्त सूचना अनुसर रेशम लामाको उम्मेदवारी प्रति स्थानीय नेता तथा कर्यकर्ताहरु पुर्णरुपमा सन्तुष्ट नरहेको स्रोतले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »