सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गठबन्धनलाई तर्साउन काभ्रेमा नेकपा (एमाले)काे पार्टी प्रवेश कार्यक्रम

काठमाडौँ । विभिन्न पेसा व्यवसाय गरि काठमाडाैँ बसिरहेका काभ्रे मादनकुँडारीका युवाहरु आज नेकपा (एमाले) प्रवेस गरेका छन् ।

नेकपा (एमाले) ले उठाएका प्रतिनिधिसभा सदस्य उम्मेदवार रेसम लामाको युवाहरूप्रतिको धारणाबाट प्रभावित भइ एमाले प्रवेस गरेको उनीहरुले बताए साथै, गठबन्धनका नाउँमा असक्षम व्यक्तिलाई पटक पटक अघि सारेकाले युवाहरु तेस्ता उम्मेदवारप्रति निरास रहेको मादनकुँडारीका युवाहरे प्रतिकृया दिएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला सह इन्चार्ज रेशम लामाले युवाहरुलाई टीका एवं खदा लगाएर स्वागत गरे ।

नवप्रवेसी मादनकुँडारीका युवाहरुले मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई जिताउन आजैदेखि गाउँ समुदायमा अभियान शुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

आज एमाले प्रवेस गर्ने युवाहरुमा मादनकुँडारी ७ का बिकास लामा, सुहाना लामा, विरोज लामा, सरोज लामा, बिनोद लामा र कालिञ्चोकका अनिल लामा रहेका छन् ।

केन्द्रीय सदस्य लामाले युवामैत्री पार्टी रोजेकोमा धन्यवाद दिए । उहाँले पार्टीमा सकृय रहन चाहनेका लागि सम्मानजनक भूमिका प्रदान गर्ने बताउँदै अहिलेलाई एमालेको एजेण्डा सहित मतदाता समक्ष जान निर्देशन दिएका छन् ।

बुधवार काठमाडौमा आयोजित युवाहरुको पाटी प्रवेस कार्यक्रममा वागमती प्रदेस सम्पर्क समन्वय कमिटिका उपसचिव विष्णु खनाल, मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य अमरध्वज लामा र युवा संघ नेपालका केन्द्रीय सदस्य रमिला घ्लान तामाङले राजनीतिमा युवाहरुको भूमिकबारे प्रकास पारे ।

पछिल्लो समय पनौती, नमोबुद्ध, चौंरी देउराली, महाभारत र तिमाल क्षेत्रबाट रेसम लामाको पक्षमा युवा मतदाताहरुको समर्थन दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

काभ्रे क्षेत्र नम्बर १ प्रतनिधिसभा सदस्य उमेदवार लामाले विगत आधा दशकदेखि काभ्रेमा असल पुस्ताको निर्माण, रेसम लामाको अभियान सञ्चालन गर्दै आइरहेका छन् ।

पार्टी प्रवेशबाट गठबन्धनलाई के कस्ताे प्रभाव पर्ला त ? भनेर काभ्रे क्षेत्र नं‍ १ उम्मेदवार सुर्यमान दाेङलाई प्रश्न गर्दा उहाँ यसाे भन्नु हुन्छ । ”सबै व्यक्तिलाई गठबन्धन पार्टी मन पर्छ भन्ने हुँदैन । गठबन्धन भनेकाे महासागार हाे महासागरबाट एक दुई लाेटा पानी निकाल्नु स्वभाविक हाे तर जाे साथीहरु पार्टी प्रवेश गरे भनेर भनिरहनु भएकाे छ । ति साथीहरुले वास्ताविकता बुझेपछि पुन: गठबन्धन पार्टीमा नै फर्कने छन् ।”

भर्खरै

सम्बन्धित खबर

Language »