सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा

काठमाडौं । दक्षिण कोरिया विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको आफ्नो निर्णायक खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दक्षिण कोरियाका लागि किम योङ वन र ह्वाङ हिचाले गोल गरे ।

यता पोर्चुगलका लागि रिकार्डो होर्टाले एक गोल गरे । खेलको पाँचौ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा किम योङ वनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको इन्ज्यूरी समयमा हिचाले गोल गर्दै दक्षिण कोरियालाई नकआउट चरण पुगाए ।

जितसँगै दक्षिण कोरियाले तीन खेलबाट ४ अंक जोड्यो । दक्षिण कोरिया समूह उप–विजेता हुँदै अन्तिम १६ मा पुग्यो । यता पोर्चुगलले ३ खेलबाट ६ अंक जोड्यो ।

समूहको अर्को खेलमा उरुग्वेले घाना २–० गोलले हराउँदै कोरियासँग अंक र गोलअन्तर बराबरी गरे पनि कोरियाले धेरै गोल गरेका कारण अर्को चरणमा स्थान बनाउन सफल भएको हो ।

नियमित टिमका अधिकांश खेलाडीलाई आराम दिएको ब्राजिल टिमलाई क्यामरुनले १-० गोलअन्तरले पराजित गरेको छ । तर पनि लुसेल रंगशालामा एक रोमान्चक प्रतिस्पर्धापछि क्यामरुनको विश्वकप अभियान समाप्त भएको छ ।

खेलको इन्जूरी समयमा भिन्सेन्ट अबुबकरले हेडरमार्फत गोल गरी क्यामरुनलाई ठूलो जित दिलाएका हुन् । तर, गोलपछि जर्सी फुकालेका कारण उनले खेलको दोस्रो पहेलो कार्ड पाए र मैदान छाड्न बाध्य रहे ।

स्टार स्ट्राइकर ब्रायन एमबुएमोको साथमा क्यामरुनले खेलभर ब्राजिलमाथि दवाव राखेको थियो । तर, लिभरपुलका एलिसनको स्थानमा खेलेका म्यानचेस्टर सिटीका एडर्सनले शानदार बचार गरेका थिए । स्वीट्जरल्याण्डले सर्वियालाई पराजित गरेपछि जारी विश्वकपमा कुनै पनि अफ्रिकी टोलीले नकआउट चरणको यात्रा तय गर्न सकेनन् ।

यसअघि नै नकआउटमा स्थान सुरक्षित गरेको ब्राजिलका प्रमुख प्रशिक्षक टिटेले अघिल्लो खेलको टिमबाट १० खेलाडी परिवर्तन गरेका थिए । खेलमा आर्सनलबाट खेल्ने गाव्रियल मार्टिनेलीले आफूलाई प्रमाणित गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »