सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रिपोर्टर्स क्लबको २५ औं वार्षिकोत्सवको अवसरमा पत्रकार कुशलभ केसी सम्मानित

काठमाडौ। रिपोर्टर्स क्लब नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पत्रकार कुशलभ केसीलाई उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालको शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुस्पकमल दाहालको प्रमुख आतिथ्यतामा गरेको कार्यक्रममा क्राइम टिभीका प्रस्तोता कुशलभ केसीलाई उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मान गरिएको हो ।

अनलाइन टिभी पत्रकार संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका केसी क्राइम टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम जन गुनासोका संचालक हुन् । झण्डै २० बर्षदेखि पत्रकारिता, कलाकारिता र समाजसेवामा सक्रिय केसी मुनलाइट टिभीमा पनि आवद्ध छन् ।

पत्रकार कुशलभ केसीलाई विकृति र विसंगती विरुद्धका समाचार सम्प्रेषण गर्ने सहासी पत्रकारका रुपमा चिनिन्छन् । उनको सहासी पत्रकारितालाई नै देखेर आफूहरुले पुरस्कारका लागि छनौट गरेको पुरस्कार छनौट समितिले जनाएको छ ।

समाचार सम्प्रेषणका क्रममा धेरै पटक उनीमाथि आक्रमण र धम्की हुँदा पनि उनले समाचार संप्रेषणलाई अझ व्यवस्थित र व्यवसायिक बनाउदै अगाडी बढि रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »