सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुम्बा उद्घाटन गर्दै गृहमन्त्रीको तेमालमा पहिलो प्रतिबद्धताः माम्दी तेमाल जोड्ने सडकको जिम्मा म लिन्छु ।

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ८ मा नवनिर्मित गुम्बाको उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले पहिलो भाषणमा नेपालथोकको माम्दी हुँदै तेमाल जोड्ने सडक खण्डलाई कालो पत्रे गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको उद्घाटन गर्न काभ्रेको तेमाल पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको यो पहिलो कार्यक्रम र पहिलो प्रतिबद्धता मन्तव्य हो । चैत्र १७ गते शनिबार ३ बजे गृहमन्त्रीकाे जिम्मेवारी पाउनुभन्दा पहिला नारायण काजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको दोस्रो पटकको मन्त्रीमण्डल निर्माणको क्रममा नारायण काजी श्रेष्ठले उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारी पाएका थिए ।

जनयुद्धको समयमा टेकनपुरबाट रीता लामा सहित भएको थियो । वरिष्ठ पत्रकार तथा उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको प्रमुख अभियान्त जगतमान दोङले माम्दी देखि तेमाल जोडिने सडक खण्डलाई सहिद रीता लामा सडक खण्ड राखेर पक्की सडक निर्माण गरिदिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ माग गरेका थिए । कार्यक्रमको सभापती जगतमान दोङको उक्त मागलाई सम्बोदन गर्दै पक्की सडक निर्माण गरि सहिद रीता लामा सडक खण्ड नामाकरण गर्ने प्रतिबद्धता जनाएको छ ।

मौसम खराबीको कारणले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दश मिनेट मात्रै सम्बोदन गरेका थिए । संघीय सासद सुर्यमान दोङले जनताको माग अनुसार पाँच वर्ष भित्रमा सबै कामहरु सम्पन्न गराउने योजना रहेको बताउनु भएको छ ।

कार्यक्रममा बागमती प्रदेशको सचेतक तथा काभ्रे श्रेत्र नं. १ को प्रदेश सभा १ को सासद तथा पूर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकाल,अन्तराष्ट्रिय तामाङ परिषदकाे उपाध्यक्ष टासी लामा, समाजसेवी तथा नेपाली कांग्रेसको युवा नेता शंखबुद्ध लामा, ताम्सलीङ संघर्ष समितिको अध्यक्ष जय गोले, तामाङ पत्रकार संघको पूर्व अध्यक्ष विष्णु मोक्तान, महासचिव तीर्थमान बल लगाएत तामाङ पत्रकारहरु, फोनिजमा आबद्ध पत्रकारहरुको बाग्लो उपस्थिति रहेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »