सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा नेपाली कांग्रेसको संगठन भत्काउदै कार्यकर्ता भर्ती गर्ने माओवादी केन्द्रको रणनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काभ्रे जिल्लामा नेपाली कांग्रेसको जिल्ला संगठन संरचनालाई ध्वस्त पार्दै पार्टी संगठन सुदृढ बनाउने रणनीतिलाई महाभारतबाट शुरु गरेको छ ।

काभ्रे जिल्ला महाभारत गाउँपालिका वडा नं.३ को पूर्व जननिर्वाचित वडाध्यक्ष ज्ञान बहादुर लामा सहित दर्जनौं नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश भएपछि माओवादी केन्द्रको यो रणनीति बाहिरिएको हो । २०७९ साल मंसिर ३ गते भएको संघीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगाएत पाँच दलीय गठबन्दनबाट सुर्यमान दोङ (लालध्वज) प्रतिस्पर्धामा उत्रिएको थियो । सुर्यमान दोङ अहिले लोकतान्त्रिक गठबन्धनको साझा संघीय सांसद हो । त्यही लोकतान्त्रीक गठबन्धनमा भएको मौकाको फाइदा उठाउदै नेपाली कांग्रेसको नेता तथा कार्यकर्ताहरुलाई अहिले पार्टी प्रवेश कार्यक्रमलाई माओवादी केन्द्र काभ्रेले तिव्रता दिएको छ ।

पार्टी कार्यालय बनेपामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवम् प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ लालध्वज, प्रदेश सभा सदस्य रत्न प्रसाद ढकाल, पार्टी जिल्ला अध्यक्ष भोला अर्याल, सचिव दैवालाल घिसिङ, महाभारत गाउँपालिका प्रमुख कान्छालाल जिम्बा, वाइसीएल सचिव अबिरल तामाङ लगायतका नेताहरूले खादा लगाएर उनीहरुलाई स्वागत गरेको थियो ।

जननिर्वाचित पुर्व वडाध्यक्ष लामाले नेपाली कांग्रेस विपिको समाजबाद भन्दा पनि व्यक्तिवाद र अवसरबादमा चुर्लुम्म डुबेको कारण सोझो र इमानदार कार्यकर्ताहरु कांग्रेस भित्र अट्न नसक्ने परिस्थिति सिर्जना भएकोले माओवादी केन्द्र रोजेको बताए पनि नेपाली कांग्रेस काभ्रेको संगठनलाई कमजोर बनाउनस माओवादी केन्द्र सफल भएको प्रष्ट देख्न सकिन्छ ।

“म नेपाल कांग्रेसको सदस्यता लिएको २७ वर्ष भएछ, अगिल्लो स्थानीय निर्वाचनमा महाभारत जस्तो ठाउमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित पनि भए तर समग्र जिल्लाको राजनीति हेर्दा जो संग पैसा छ उहि नेता बनेर आएको पाए । हामी जस्तो विपिको समाजबादमा विश्वास राख्ने इमानदार कार्यकर्ताहरुलाई यो अपच भयो त्यस कारण कांग्रेसको साधारण सदस्य समेत नबस्ने गरी पार्टी परित्याग गरे” उनले पार्टी प्रवेश गर्ने क्रममा बताए ।

पुर्व वडाध्यक्ष सहित दर्जनौं कांग्रेस नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउदै पार्टी इन्चार्ज एवम् प्रतिनिधि सभा सदस्य दोङले माओवादी पार्टी सबै इमानदार र परिवर्तनको पक्षधरहरु अट्ने विशाल घर भएकाले कांग्रेस,एमाले लगायतका पार्टी भित्र रहेका इमानदार नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गर्न अपिल गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »