सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल जात्रामा बिहानै देखि भक्तालुजनहरुको भिड

काठमाडौँ । विशेष गरेर काभ्रेको तेमालबाट नामाकरण भएको काठमाडौँको बौद्धमा चैत्र पूर्णिमाको दिन लाग्ने तेमाल जात्रामा बिहानै देखि भक्तालुजनहरुको भीड देखिएको छ भने भक्तजनले स्तुपको गर्व भागको चारैतिर बत्ती बाल्दै परिक्रमा गर्ने क्रम चलिरहेका छन्।

तेमाल जात्रामा उक्त स्तुपको चारैतिर पितृको नाममा बत्ती बाल्ने र पूजा गर्नेहरुको भीड धेरै हुने गर्दछन् । आजको दिनमा यहाँ पुजाआजा गरेमा मृत्क आत्माले शान्ति पाउछन् भन्ने जनविश्वास रहेको छ ।

तेमाल जात्रा विशेषगरी काभ्रेको तेमालका तामाङले मनाउँने गर्दथ्यो तर अहिले सम्पुर्ण तामाङहरुले मनाउछन् । जात्रामा आफन्तसँग भेटघाटगरी मिठो परिकार खाने गरिन्छ। जात्राकै दिन गाउँघरमा पनि पूजा गरिन्छ। जात्राको बेला दिवंगत पितृको स्मरणमा बत्ती बाली लामागुरुद्वारा ङोवा (पूजापाठ) गर्ने गरिन्छ। जात्राको बेला बौद्धमा बत्ती बाल्दा धनसम्पतिको फलिफाप तथा सुस्वास्थ्य हुने विश्वास रहेकाछन् । तामाङ समुदायको महत्वपूर्ण पर्व तेमाल जात्रामा मेला भर्न बौद्धमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। जात्रामा विदेशीको समेत सहभागिता रहेको छ। जात्रामा रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण गरिरहेका छन्

स्वयम्भू पुराणका अनुसार विपस्सी बुद्धले काठमाडौँ उपत्यकामा आएर आजकै दिन कमलको फूल रोपेको प्रसंग छ।

परापूर्वकालदेखि चलिआएको तेमाल जात्राको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व रहेको बौद्ध तेमाल तामाङ समुदायको मूल जात्रा हो। यो जात्रालाई नेपाल सरकारले राष्ट्रिय पर्वको रूपमा मान्यता दिएको छ।

चैत पूर्णिमाको एक दिनअघि बौद्धमा सुरु भएर जात्राको भोलिपल्ट बिहानै बालाजुको बाइस धारामा नुहाएर स्वयम्भूमा दर्शन गरी यो जात्राको बिसर्जन गरिन्छ। कथन अनुसार दिवंगत आत्माको लागि चिर शान्तिको कामना गरिन्छ। यो गर्दा पितृको बुद्धत्व प्राप्त हुने, राम्रो ठाउँमा जन्म लिने, र आत्मालाई शान्ति मिल्ने विश्वास रहेको उनी बताउँछन्। । सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट लगायत जिल्लाबाट भक्तजनहरु आउने गर्दछन्। चैत्र पुर्णिमाको दिनमा मात्रै बौद्धको गर्व भागमा भक्तजन जान पाउँछन्। भक्तजनले बत्ती बालेर बौद्ध स्तुपको दर्शन गरी पितृलाई सम्झने गर्दछन्।

काभ्रेको तेमालका अन्तिम राजा रिञ्जेन दोर्जेले आफ्ना जनतालाई दिवंगत आत्माको शान्तिका लागि बौद्धमा गएर बत्ती बाल्नका लागि व्यवस्था मिलाएर राजकीय मान्यता दिएको जनविश्वास छ।

फाेटाे गणेश बज्र लामाकाे क्यामराबाट
फाेटाे गणेश बज्र लामाकाे क्यामराबाट

भर्खरै

सम्बन्धित खबर

Language »