सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी तथा युवा नेता राजेश ज्ञवालीले साझा प्रयास अभियानलाई १० लिटरको अक्सिजन कन्सर्टेटर १ थान र २२ डिब्बा मास्क सहयोग

कपिलबस्तु, कपिलबस्तुका समाजसेवी तथा युवा नेता राजेश ज्ञवालीले साझा प्रयास अभियानलाई १० लिटरको अक्सिजन कन्सर्टेटर १ थान र २२ डिब्बा मास्क सहयोग गरेका छन् ।

ज्ञवालीले कपिलबस्तु स्थित मधेस मानव अधिकार गृह (माहुरी होम) कोप्रांगण आज एक कार्यक्रमकाबीच साझा प्रयास अभियानलाई उक्त सामाग्रि हरुतान्तरण गरेका हुन् ।

“अक्सिजनको अभावमा कसैले मृत्यु वरण गर्न नपरोस “ भन्ने उदेस्यले बिगत १ बर्ष देखि सञ्चालित साझा प्रयास अभियानले पछिल्लो समय अक्सिजन सिलिन्डर र अक्सिजन कन्सर्टेटरको माग बाढ्न थाले पछि निशुल्क सेवा दिन धौधौ परिरहेको जानकारी गराउँदा समाजसेवी राजेश ज्ञवालीले आज १० लिटरको अक्सिजन कन्सर्टेटर १ थान र २२ डिब्बा मास्क उपलव्ध गराएको अभियानका संयोजक रबीन्द्रनाथ ठाकुरले जानकारी दिए ।

साझा प्रयास अभियानले ७ वटा पालिकामा अक्सिजन कन्सर्टेटर, अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री तथा केही पालिका, प्रहरी चौकी, क्याम्पस, आँखा अस्पताल एवं स्वास्थ्य संस्थाहरुमा हैण्डवास स्टेसन जडान गरिसकेको जानकारी गराउदै उनले अभियानले आफुसंग भएको एउटा अक्सिजन कन्सर्टेटरले हालसम्म ३ जनालाइ निशुल्क सेवा दिइसकेको, १ जनालाई अक्सिजन सिलिन्डरको सेवा निशुल्क दिइसकेको बताए ।

उनले भने–‘अक्सिजन सिलिन्डर र अक्सिजन कन्सर्टेटर को माग बाढ्न थाले पछि निशुल्क सेवा दिन धौधौ परिरहेको समाजसेवी राजेश ज्ञवाली ज्यु लाइ जानकारी गराउँदा वहाँले आज मिति २०७९÷१२÷२९ गतेका दिन बिहान १० बजे माहुरी होमको प्रांगणमा १० लिटर को अक्सिजन कन्सर्टेटर १ थान,मास्क २२ डिब्बा उपलव्ध गराउनु भयो । साझा प्रयास अभियान उहांको उत्तरोत्तर प्रगतीको कामना गर्दै धन्यवाद ज्ञापन गर्दछ । सहयोगी मन र सहयोगी हातहरूलाई नमन ।’

यसबाट अरूलाई प्रेरणा मिल्ने कुरामा बिशवस्त हुँदै यस पुनित कार्यमा सहभागि हुन अभियानले सबैमा हार्दिक अपिल समेत गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »