सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा बालमैत्री स्थानीय शासनका विषयमा अन्तरक्रिया सम्पन्न


नेपालगञ्ज , नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरका जनप्रतिनिधि तथा वडा सचिवलाई लक्षित गरी दुईदिने बालमैत्री स्थानीय शासनका सूचकहरुका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगञ्ज उपमहनगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा उपमहनगरका सबै वडाका वडा अध्यक्ष तथा वडा सचिवको सहभागिता रहेको महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिइन् ।

जनप्रतिनिधि र वडा सचिवलाई फरक–फरक दिन आयोजना गरिएको सो कार्यक्रमका प्रशिक्षक तथा बालमैत्री सुशासन विज्ञ भिम अवस्थीले वालमैत्री शासन निर्देशिका कार्यान्वयन गर्दै वडालाई बालमैत्री वडा घोषणा गर्नका लागि आवश्यक सूचक पुरा गर्नको लागि सहज हुने बताए ।

कार्यक्रमले आफुहरुलाई वडालाई कसरी बालमैत्री वडा बनाउन सकिन्छ भन्ने जानकारी प्राप्त हुन सकेको नेपालगञ्ज उपमहानगर वडा नं. २० का वडा अध्यक्ष कौशलकुमार धोवीले बताए । जनप्रतिनिधि र वडाका सचिवलाई राखेर गरिएको अन्तरक्रियाले बालमैत्री शासनको कार्यान्वयन गर्न सहज हुने उनको भनाई छ ।

नेपाल सरकारले सन २०३० सम्ममा नेपाललाई बालमैत्री शासन राष्ट्रको रुपमा घोषणा गर्ने तयारी अनुरुप स्थानीय तहका वडास्तरबाट बालमैत्री शासनयुक्त स्थानीय तह घोषणा गर्ने तयारी स्वरुप कार्यक्रमको आयोजना गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »