सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बुद्धको जन्म जयन्तीको अवसरमा युएईमा विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम

काठमाडौं । भगवन सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्दै बुद्धको जन्म जयन्तीको अवसरमा युएईमा विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

तामाङ समाज युएई, आदीबासी जनजाति युवा महासंघ युएई, त्रिशुली समाज युएई र काभ्रे सेवा समाज युएई लगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।

दुबई स्थित ब्लु प्यालेस रेष्टुरेन्ट एण्ड क्याफेमा यहीँ आउदो ३० अप्रिल २०२३ मा ठिक दिउँसो १स्०० बजेबाट सुरु हुने उक्त कार्यक्रममा नेपालबाट बहुचर्चित सेलो गायक फुल कुमार बम्जन सांगीतिक प्रस्तुतिका लागि युएई जाने निश्चित भएको छ ।

नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म भएको वैशाख शुक्ल पूर्णिमाको दिन अर्थात सोही दिन ज्ञान प्राप्त तथा महापरिनिर्वाण भएको दिनलाई संसारभर बुद्ध जयन्तीको रुपमा मनाउने चलन छ ।

काठमाडौंको बौद्ध, स्वयम्भूनाथ,चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेको नमोबुद्ध लगायत पछिल्लो चरण वैदेशिक रोजगारीको क्रममा विदेशमा पुगेका नेपालीहरुले पनि युएई,मलेसिया,कतार,साइप्रस,जापान लगायतका देशहरूमा बुद्ध जयन्ती मनाउन थालेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »