सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जका व्यवसायी धामीले मुस्लिमहरुको मुख्य पुर्व इद उल फित्रको अवसरमा व्यवसायसंगै मानवीय सेवामा सक्रिय


नेपालगन्ज, नेपालगन्जका व्यवसायी मख्खन धामीले मुस्लिमहरुको मुख्य पुर्व इद उल फित्रको अवसरमा सामाजिक कार्य गरेका छन् । शनिबार बिहान बिपी चोक स्थित इदगाहामा आउनका धर्मालम्बीहरुलाई व्यवसायी धामीले पानी पिउने कार्यको व्यवस्थापनमा आर्थिक सहयोग गरेका थिए ।

वैशाखको गर्मी महिनामा इदको शुभकामना आदान प्रदान गर्न आएका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले पानीको व्यवस्थापन गरेको धामीले बताए । धामी सामाजिक क्षेत्रमा विगत देखि सहयोग गर्दै आएका व्यवसायी हुन् ।


नेपालगन्ज मुस्लिम समाजका वरिष्ट सल्लाहकार, प्रजातान्त्रिक उधोगी व्यवसायी संघ बाँकेका सह सचिव तथा प्रवक्ता, लायन्स क्लब अफ नेपालगन्जका प्रथम उपाध्यक्ष, नेपालगन्ज वितरक संघको महासचिव, सामुदायिक प्रहरी सेवा केन्द्र बाँके सदस्य रहेका धामीले उद्योग र व्यवसायीको हक र अधिकारका क्षेत्रमा काम गर्दै आएका छन् । शनिबार मुस्लिम धर्मालम्बीहरुलाई शुभकामना दिनका लागि उनी बिपी चोक लगायतका स्थानमा समेत गएका थिए ।


नेपालगन्ज सद्भावको सहर भएकोले यसलाई बलियो बनाउन सबै धर्म समुदायका बिच एक आपसमा मित्रताका भावना विकास गर्न आफुले इदको अवसरमा सहयोग गरेको धामीले बताए । उनले भने,‘नेपालगन्ज सबै धर्म समुदायका मानिस बिच सद्भाव पुर्ण सम्बन्ध भएको अवसर हो । यसमा सहयोग गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो ।’धामी सामाजिक क्षेत्रमा क्रियाशील युवाका रुपमा परिचित छन् । यस क्षेत्रका सफल व्यवसायी धामी नेपालगन्जमा व्यवसायसंगै मानवीय सेवामा सक्रिय भएर सहयोग गर्दै आएका छन् ।

अत्यन्तै मिलनसार र सहयोगी स्वभावका धामी सामाजिक र मानवीय सेवा आफ्नो रुचि भएको बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »