सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्री माध्यामिक विद्यालय बन्जारेगाउँलाई १२ कक्षासम्म बनाउने योजना छः प्रधानाध्यापक आदित्य वर्मा


नेपालगञ्ज , बाँकेको जानकी गाउँपालिका वडा नं ३ बन्जारे गाउँमा रहेको बन्जारेगाउँ श्री माध्यामिक विद्यालयमा यसवर्ष विद्यार्थी भर्ना अभियानलाई गतवर्षको भन्दा अझै व्यापक बनाउन लागि परेको विद्यालयका प्रधानाध्यापक आदित्य वर्मा बताउनु भयो ।
प्रधानाध्यापक वर्माका अनुसार १७ दिनको विद्यालय भर्ना अभियानमा ३ सय ८८ विद्यार्थी भएको र यो अभियानलाई अझै सर्वपक्षिय सल्लाह र सहयोगका आधारमा अझै विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिइएको जानकारी दिनु भयो ।

उहाँका अनुसार विभिन्न कारणले विद्यालय उमेरका बालबालिका वस्ती रहेको र यसवर्ष विद्यालय क्षेत्रभित्रका सबै गरिब, विपन्न र विद्यालय पहुँच बाहिरका बालबालिकालाई शिक्षा आर्जनका लागि विद्यालयमा ल्याइने बताउनु भयो । प्रधानाध्यापक वर्माले यस वर्ष देखि यसै वडामा अर्को आधारभुत तहसम्म अध्ययनका लागि मानपुरमा समेत विद्यालय संचालनमा आएको कारण केही कन्या९केटी० विद्यार्थीको संख्या कम भएपनि संस्थागत विद्यालयमा गतवर्ष अध्ययन गरेका केही विद्यार्थी चर्को शुल्क र विभिन्न औपचारिताका कारण पनि यस विद्यालयमा पढन आउनेको संख्या बृद्धि हुने उहाँको भनाई छ ।


प्रधानाध्यापक वर्माका अनुसार विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थापन गर्ने, शिक्षण विधिमा निखारता र बालमैत्री शिक्षण सिकाइका कारण पनि यस विद्यालयमा विद्यार्थीको संख्या उल्लेखनीय हुने उहाँको धारणा रहेको छ । करिब ४ वर्ष पहिले समान्य भौतिक पूर्वाधार समेत नभएको विद्यालयमा हरेक वर्ष विद्यार्थी मैत्री र अत्यावसकीय पूर्वाधार र प्रविधिमैत्री शैक्षिक वातावरण भएको कारण यस विद्यालयमा शिक्षण गर्ने शिक्षक र अध्ययन गर्ने विद्यार्थी खुसी भएको उहाँको भनाइ रहेको छ । यस विद्यालयको शिक्षकस्तर बृद्धि क्रमिक रुपमा गर्दै जाने र यसै विद्यालयमा कक्षा १२ सम्मको अध्ययन अध्यापनको सेवा दिने योजना विद्यालय परिवार र जनप्रतिनिधिको योजना समेत रहेको उहाँले बताउनु भयो ।


जानकी गाउँपालिकामा गतवर्ष मात्रै ४ वटा नयाँ र एक पुरानो गरी ५ वटा विद्यालयबाट एसइईमा सहभागी भएकोमा बन्जारेगाउँ माध्यामिक विद्यालयका विद्यार्थी पालिकास्तरमा प्रथम हुन सकेको राम्रो अनुभव पनि उहाँले बताउनु भयो । यस बर्ष पनि १६ जना विद्यार्थीले एसइईमा सहभागी हुने र उत्तम परिणामा आउनेमा उहाँ विश्वस्त हुनु हुन्छ । गत बर्ष १९ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा १७ जना विद्यार्थी प्रथम श्रेणी जिपीए९२।४० ल्याएर पास भएको जानकारी दिनु भयो ।


विद्यालय प्रशासन संचालनका लागि विभिन्न खालमा अप्ठेरा व्यहोर्दै आएपनि शिक्षाको विकासका लागि सबै शिक्षक, विद्यार्थी, अभिभावक र केही शिक्षा प्रेमीको सहयोगले विद्यालयको शैक्षिक र भौतिक स्तरबृद्धिका काम भइरहेको उहाँले जानकारी दिनु भयो । यस वर्ष पनि विद्यालयको थोरै जमिन भएपनि ४ कोठे भवन निर्माण कार्य भइरहेको उहाँले जानकारी दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »