सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायी महासंघको २८ औं साधारणशभा र ९ औं राष्ट्रिय महाधिवेशन सम्पन्न

काठमाडौं । २८ बर्ष देखि ग्रील तथा स्टील ब्यवसायीहरुलाई संगठित गर्दै ब्यवसायीहरुको हक हित र उत्थानकोलागि कार्य गरिरहेको ग्रील तथा स्टील ब्यवसायी महासंघले आफ्नो स्थापनाको अवसरपारेर २८ औं साधारणशभा र ९ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि उप राष्ट्रपति रामसहाय प्रसाद यादव , बिशेष अतिथिमा उद्योग बाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
महासंघले आफ्नो स्थापना दिवसको अवसरमा ब्यवसायीहरुको हकहितमा काम गर्ने आफु अन्तरगतका बिभिन्न इकाई ,क्षेत्र, जिल्ला ,कार्यक्रममा सहयोय गर्ने सहयोगदाता तथा समचार संप्रेषण गर्ने मिडियाकर्मीहरुलाई “ग्रील तथा स्टील ब्यवसायी सम्मान २०८० ” बाट सम्मान समेत गरेको छ ।
यो संगठन ग्रील तथा स्टील ब्यवसायीहरुको एकमात्र छाता संगठनकोरुपमा कृयाशिल रहेको संस्था हो । यो संगठनमा करिब ११ हजार ब्यवसायी आबद्ध रहेका छन् भने १ लाख ५० हजार जति कर्मचारी रहेका छन् ।
बार्षिक अरबौंको कारोबार गर्ने यो संस्थाले नयाँ नेतृत्व तथा समितिको चयन गर्दै २८ औं साधारणशभा र ९ औं राष्ट्रिय महाधिवेशन प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा सम्पन्न गरेको छ ।
९ औं राष्ट्रिय महाधिवेशनबाट पुर्व प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध चयन भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »