सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वको तामाङहरुले बोल्ने लिपि एउटै हुनुपर्छ : के. एम. तामाङ (अध्यक्ष:अन्तराष्ट्रिय तामाङ परिषद)

काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद्का अध्यक्ष के। एम। तामाङले विश्वको तामाङहरुले बोल्ने लिपि एउटै हुनु पर्नेमा जोड दिएको छ ।

नेपाल लगाएत विभिन्न देशमा रहेका तामाङहरु अहिले कुन लिपि प्रयोग गर्ने भन्नेमा दुविधामा रहेको अवस्थामा अन्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष के एम तामाङले तामिक लिपि लाई आम तामाङहरुको लिपिकोरुपमा प्रयोग गर्नुपर्ने बताउनु भएको छ । बैशाख २३ गते शनिवार बौद्घमा तामाङ पत्रकारहरुसँग भएको भेटघाटमा उहाँले सिक्किमको उदाहरण दिदै तामाकि लिपिलाई नै आधिकारिक लिपि मान्नु पर्ने बताउनु भएको छ । अहिले दार्जिलिङ र सिकिममा तामिक लिपिमा नै बाह्र कक्षामा कोष संचालन गरेको बताउनु भएको छ ।

अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौँ सम्मेलन थाइल्याण्डको ब्याङककमा हुँदैछन् । पाचौँ सम्मेलनको सन्र्दभमा भएको पत्रकार भेटमा उहाँले विश्वको तामाङलाई एक सूत्रमा बाँध्ने र अझ गाढा सम्बन्ध हुने विश्वास व्यक्त गर्नुभएको छ ।

शनिबार नेपाल आउँनु भएका अध्यक्ष तामाङले काठमाडौंमा पत्रकारहरूसँगको भेटघाट गर्नुभएको थियो । । उक्त भेटघाटमा उहाँले अन्तर्राष्ट्रिय तामाङ परिषद्ले विश्वमा छरिएर बसेको तामाङहरूलाई परिचित गराउँने काम गरेको छ, विस्तारै यस समुदायको आर्थिक, सामाजिक, राजनीतिक र शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्दै जाने बताउँनुभयो ।

सन् २०१८ डिसेम्बर १४ – १६ मा भारतको दार्जिलिङ, मिरिकमा सम्पन्न चौथो सम्मेलनले के। एम। तामाङ अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

खासै काम गर्न नसकेको आरोप छ नि भन्ने प्रश्नमा अध्यक्ष तामाङले आफ्नो कार्यकालमा कोरोना महामारीका कारणले गर्दा सक्रिय रुपमा काम गर्न नसके पनि भर्चुअल माध्यमबाट भने विभिन्न देशका तामाङसँग छलफलमै लागिरहेको बताउँनुभयो ।

परिषद्को पटकपटकको छलफलबाट पाचौँ सम्मेलन बैङ्ककमा गर्ने निणर्य भए अनुसारै तयारी भइरहेको उहाँले जानकारी गराउनुभएको छ ।

कुराकानीको क्रममा अध्यक्ष तामाङले भन्नुभयो, “अहिले सम्म परिषद्को सम्मेलन नेपाल र भारतमा मात्रै भइरहेको हुँदा तेस्रो देशमा सम्मेलन गर्न जरुरत थियो, हामीले बर्मामा गर्ने कि भन्ने विषयलाई पनि अघि सारेका थियौं, तर सैनिक शासनका कारण सिमा क्षेत्र अझै पनि सिल गरिएको हुँदा बैङ्ककमा सम्मेलनको तयारी गरिएको हो, बैङ्ककमा जान पनि सहज छ ।”

सम्मेलन सम्पन्न गर्नको लागि बैंकको तामाङहरूको विशेष भूमिका हुने पनि उहाँको विश्वास रहेको छ ।

कामै गर्न सकिएन भन्दा पनि संस्थालाई सङ्गठित गर्ने काम भने निरन्तर काम भइरहेको छ । विश्वको तामाङको धर्मसंस्कृति र भाषा एक हुनुपर्ने र यो विषयलाई निरन्तर रुपमा परिषद्ले उठाउनुपर्ने पनि उहाँको धारणा रहेको छ ।

तामाङको लिपि हाम्रो यो हो भन्न सक्ने अवस्था छैन्, विश्वको तामाङको एउटै लिपि बनाउनको लागि अब आउँने सम्मेलनमा छलफल हुन्छकी हुँदैन भन्ने प्रश्न काम सजिलो भए पनि काम सक्रिय रुपमा हुन नसक्दा लिपिको बारेमा अहिले सम्म निष्कर्ष आउँन नसकेको बताउँनुभयो ।

उहाँले भन्नुभयो “तामाङ समुदायको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले नियम अनुसार काम गर्ने हो भने लिपिको बारेमा कुनै पनि समस्या छैन्, सम्भोटा लिपिलाई तामाङ समुदायको आधिकारिक लिपि मान्न सकिने र हामीले सिक्किममा पनि लागू गरिसकेका छौं अब विश्व तामाङ समुदायको सवालमा भने छलफल गरेर अघि बढ्दानै राम्रो होला ।”

पाचौं सम्मेलनमा तामाङको लिपि ताम्बीक हो भनेर अघि सार्न सक्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उहाँले नेपालबाट जाने जनप्रतिनिधिले यो विषयलाई अघि सार्न सकेको खण्डमा ताम्बीक लिपि लाई राख्न सकिने पनि बताउँनुभयो । पाचौँ सम्मेलनले विश्वका तामाङको मुद्धा सम्बोधन गर्नको लागि के गर्नुपर्छ भन्ने प्रश्नमा उहाँले आउँने नयाँ कार्यसमितिलाई पुरानो कार्यसमितिले निरन्तर सहयोग गर्न आवश्यक भएको बताउँनुहुँर्दै अध्यक्ष तामाङले आफ्नो कार्यकालमा सोचे अनुसारको सहकार्य हुँन नसकेपनि आउँदा दिनमा त्यस्तो हुन नहुँने तर्क गर्नुभयो ।

उहाँ भन्नुहुन्छ । “अब निर्वाचित हुने नयाँ कार्यसमितिलाई नेपाल र सिक्कीमले विशेष गाइड गर्न जरुरी छ । तामाङ समुदायको धर्म,सस्कार–सस्कृतिको सहि तरिका सिकाउँन जरुरी भएको छ , जस्तै ल्होछारको सवालमा कलाकार लागेर नाच्ने गाउँने मात्रै काम धेरै भइरहेको छ अब ल्होछार के हो रु कसरी मान्ने लगायतको विषयमा पनि हामीले विश्वको तामाङ समुदायलाई बताउँनुपर्ने अवस्था देखिएको छ ।

सम्मेलनमा प्रतिनिधि ५ सयको हाराहारीमा हुने छ भने कार्यक्रम उद्घाटनको दिन दुई हजार सम्म तामाङ लगायत समुदायको उपस्थिति रहने अध्यक्ष तामाङले बताउँनुभयो ।

जनसंख्या कम भएका देशका तामाङ समुदायलाई नेपाल र भारतले अगुवाई गर्दै अघि बढाउँनु पर्ने उहाँको धारणा थियो ।

सय डलर जाने प्रतिनिधिहरुले दिनुपर्ने छ भने प्रतिनिधिहरुको लागि आयोजकले खाना बस्नको ब्यबस्थापन गर्ने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »