सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेका भण्डारीलाल अहिर लुम्बिनी प्रदेशको मन्त्री बन्दै

नेपालगञ्ज , जनता समाजवादी पार्टी(जसपा) का तर्फबाट भण्डारीलाल अहिरलाई लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनाउने भएको छ ।

जसपा लुम्बिनी प्रदेश कमिटीको बैठकले सर्बसम्मत अहिरलाई मन्त्री बनाउने निर्णय गरेको प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिएका छन् ।

भर्खरै नवगठित सरकारमा जसपाको पनि समर्थन रहेको हुँदा यसअघि पनि नेकपा एमालेका लिला गिरी नेतृत्वको लुम्बिनी सरकारमा छोटो समय मन्त्री बन्दै पार्टीको निर्देशन अनुसार राजिनामा दिएका बाँके २ ’क’ बाट निर्वाचित अहिरलाई पुनः पार्टीले मन्त्री बनाउने निर्णय गरेको अध्यक्ष यादवले बताए ।

अहिरलाई मन्त्री बनाउने निर्णय भइसकेपनि जसपाले कुन मन्त्रालय लिने भन्ने बारेमा टुंगो नलागेको अध्यक्ष यादवले बताए । लुम्बिनी प्रदेश सभामा जसपाका ३ जना सांसद छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »