सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष ठुलोबाबु श्रेष्ठ द्वारा पदभार ग्रहण


काठमाडौं । गत बैशाख २१ गते सम्पन्न ग्रील तथा स्टील ब्यवसायी महासंघको २८ औं साधारणशभा तथा ९ औं महाधिवेशनबाट निर्वाचित महासंघका पदाधिकारी तथा सदस्यहरुले आज पदभार ग्रहण गरेका छन् ।
१८ बर्ष सम्म निरन्तर अध्यक्षको पदमा रहेर कार्यगरेका निवर्तमान अध्यक्ष मोहन कटुवाल तथा संस्थाको स्थापनाकाल देखिनै महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका संस्थाका निवर्तमान वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठको बिशेष उपस्थिति र बिभिन्न जिल्ला समिति ,क्षेत्र समिति ,इकाई समितिका अध्यक्ष र पदाधिकारीहरुको उपस्थितिमा नवनिर्वाचित समितिको पदभार ग्रहण गराईएको थियो ।
संस्थाका नवनिर्वाचित महासचिवले सन्चालन गरेको कार्यक्रममा क्षेत्रका अध्यक्ष जिल्ला अध्यक्षहरु तथा महासंघका निवर्तमान समितिका ब्यक्तिहरुले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको थियो ।
कार्यक्रममा निवर्तमान वरिष्ठ उपाध्यक्ष निरन्जनकुमार श्रेष्ठले स्वागत मनतब्य राखेका थिए भने ,राम्रो कार्य सम्पादन गरेको भन्दै संस्थाका बिभिन्न कार्यालयको कार्यालय सचिवहरुलाई सम्मान गरिएको थियो ।
महासंघको कार्यालय सचिव मिरा श्रेष्ठ र काठमाडौं जिल्लाको कार्यालय सचिव सर्मिला तामाङ सम्मानित भएका थिए ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष मोहन कटुवालले संस्था र ब्यवसायी हरुको हकहितकोलागि आफ्नो अन्तिम स्वास रहेसम्म लागिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए भने संस्थालाई राजनैतिक अड्डा र गुटबन्दिको चंगुलबाट बचाउन सकियो भनेमात्र सोचेजस्तो संगठन निमार्ण गर्नसकिने विचार ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै निर्वाचित बहालवाला अध्यक्ष ठुलोबाबु श्रेष्ठले “आम ब्यवसायीहरुको हकहित र उत्थानको लागि हामि कतिसम्म निर्मम हुने र कतिसम्म लचकहुने भन्ने कुरा समय माग गर्ला त्यहि बमोजिम चलौला तर हिजो संगठनको स्वरुप निर्माण गर्दै गर्दा वा पद मिलान गर्ने समयमा हामिले देखाएको ब्यबहार अनुसारको काम गर्न सक्छौं कि सक्दैनौ अब संगठनका सबैले प्रतिबद्धता जाहेर गर्ने बेला आएको छ ।
नेतृत्व सफल हुने या असफलहुने भन्नेकुरामा उ संग रहेको टिमले कस्तो काम गर्छ ,कति जिम्मेवारी बोध गर्छ त्यसले महत्वपुर्ण स्थान ओगटेको हुन्छ । नेतृत्वलाई स्थापित गराएर लैजान सके आफुपनि स्थापित भईन्छ र संगठनपनि बलियो हुन्छ भन्ने मान्यतालाई हामि सबैले स्विाकार गर्नुपर्ने हुन्छ ।
महासंघ बलियो हुनको लागि हाम्रो संगठनमा आबद्ध भएका ब्यबसायी बलियो हुन जरुरी छ । ब्यबसायीहरुको नजिकै रहेर कामगर्ने भनेको इकाई समिति हो ,त्यसकारणले सबै इकाई समितिहरु हाम्रो संगठनको मेरुदण्ड भएर उभिएका छन् । इकाईहरुको ब्यवस्थापन र केहि आधिकार क्षेत्रको दायरा फराकिलो बनाएर लानुपर्ने अवस्था देखिएको छ ।
सबै इकाईहरुको ब्यबस्थापन गरि रहेको क्षेत्र तथा जिल्ला समितिहरुलाई समेत कृयाशिल बनाएर महासंघलाई बलियो बनाउन सकिन्छ ।
आम ब्यवसायी ,इकाई समिति ,क्षेत्र तथा जिल्ला समितिहरुबाट आएका सुझाव सल्लाह तथा रिपोर्टकोआधरमा मात्र महासंघले योजना बनाएर अगाडी बढ्न सक्ने भएकोले आ—आफ्ना क्षेत्रमा भएका सम्भावना ,चुनौति तथा कार्ययोजनाहरु लिखितरुपमा महासंघमा पेशगर्न मातहतका सबै संगठनहरुलाई म अनुरोध समेत गर्दछु । अधिकारको खोजि गर्दा कर्तव्य भने बिर्सनु हुन्न । महासंघलाई प्रभावशालि संगठनकोरुपमा स्थापित गराउन तपाईहामि सबैको बराबर भुमिका रहन्छ भन्नेकुरा हामि सबैले भुल्नु हुँदैन ।
हामि ले हाम्रो संगठनलाई मजबुद बनाएर अगाडी बढाउँदै लैजाने तथा ग्रील ब्यवसायलाई उद्योगकोरुपमा बिकास गर्ने योजना बनाउनु आजको आवश्यकता हो ।
उद्योग बनाउने भन्दै गर्दा हामि आफैंले गरिरहेको ब्यवसाय कतिको मर्यादित ढंगबाट सन्चालन गरेका छौं त ? नेपाल सरकारको कानुन बमोजिम दर्ता गर्ने मापदण्डमा हामि छौं की छैनौं ? वातावरणिय प्रभाव मुल्याङ्कन ,सामग्री ढुवानि ब्यबस्थापन लगायतका बिषयमा हामि कति गम्भिर छौं ?
हामिले आफ्नो तर्फबाट गर्नुपर्ने सुधारहरु तथा मापदण्ड पुर्याउँदा पनि नेपाल सरकारले हामिलाई दर्ता गर्न आनकान गर्छ भने त्यसको कानुनि तथा ब्यवहारीक उपचारको खोजि किन नगर्ने ??
सर्वप्रथम त हामिले आम ब्यवसायीहरुलाई संगठनको महत्व मिसन र भिजनको बारेमा स्प्रष्ट बनाएर एक ढिक्का बनाउन जरुरी छ । हाम्रो संगठनमा नजोडीएका ब्यवसायीहरुलाई जोड्न पहल गर्दै हाम्रो संगठनमा जोडिएका तर नेपाल सरकारको मापदण्डमा दर्ता नभएका ब्यवसायीहरुलाई सहजरुपमा दर्ता गराउन सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गराउने पहलकदमि हामिले लिनुपर्ने हुन्छ ।
राज्यको करको दायरामा पनि आउन नचाहने हाम्रो संगठनमा पनि जोडीन नचाहाने अवैध ब्यवसायीहरुको हकमा भने हामि निर्मम बन्नैपर्ने अवस्था छ । यिनको कारण भएको उपभोक्ता ठगि तथा बजारको अस्थिरताको बिषयमा ठोस निति बनाएर स्थानिय सरकार र स्थानिय प्रशासन संगको सहकार्यमा कार्वाही प्रकृया अगाडि बढाउन सबै इकाईहरुलाई कृयाशिल बनाउन जरुरी छ ।
हामिले धेरै कुराहरु तथा धेरै कामहरु गर्नुपर्ने छ । समयको पावन्दिलाई ख्याल गर्दै आफ्नो कार्यकाल सफल बनाउन सिंगो महासंघको टिम , जिल्ला समितिहरु ,क्षेत्र समितिहरु तथा इकाई समितिहरु एक ढिक्का भएर उभिनुको बिकल्प छैन ।
महासंघको वर्तमान कार्यसमितिलाई सफल बनाउन केहि महत्वपुर्ण बिषयमा गम्भिर भएर लाग्नुपर्ने अवस्था छ । अन्य क्षेत्रगत महासंघ जस्तै हाम्रो महासंघलाई पनि सरकारबाट हुने सेवा सुबिधा प्राप्त गर्न र हरेक वर्षको बजेटमा हाम्रो संगठनलाई समाहित गराएर बिभिन्न किसिमका तालिम को ब्यबस्था गरि दक्ष कामदार उत्पादनगर्न हामिले सरकारको उपल्लो निकायमा पहल गर्नुपर्ने अवस्था छ ।
हार्डवेयर ब्यवसाय र ग्रील तथा स्टील ब्यवसायको बिचमा नङ र मासुको सम्बन्ध हुनुपर्नेमा पछिल्लो समय केहि दरार पैदाभएको महशुस भएको अनुभुति भएकोले यी दुई ब्यवसाय बिचको सम्बन्ध शुमधुर बनाउन महासंघले छलफल र अन्तरकृया गर्दै अगाडी बढ्ने छ । रोलिङ मिल हरु संग समेत सम्बन्ध सुधार गर्दै जाने निति तय गर्नु पर्छ ।
सहकार्य र सम्बन्ध बिस्तारको वहनामा गैरकानुनि काम गर्ने छुट कसंैलाई पनि हुन्न तसर्थ गणस्तर तथा नापतौल बिभाग ,आन्तरिक राजस्व बिभाग ,स्थानिय सरकार र स्थानिय प्रशासन संग सहकार्य गरेर बेलाबेलामा महासंघको अनुगमन टोलिले छड्के अनुगमन गर्दै गैरकानुनि कामलाई निरुत्साहित गर्न महासंघ योजनाबद्ध तरिकाले अगाडी बढ्ने छ ।
हाम्रो ब्यवसाय हरेक हिसावले जोखिमयुक्त ब्यवसाय भएकोले कर्मचारीको दक्षताको आधारमा श्रम ऐन बमोजिम सेवा सुबिधा सहितको कर्मचारी नियुक्ति, कम्पनि ऐन र नियम बमोजिम जिवनबिमा म्यादि बिमा स्वास्थ्य बिमा ,मुल्यमा एकरुपता र अन्य आधरभुत कुराहरु ,उत्पादनबाट हुने खुद मुनाफा बाट गर्नुपर्ने सामाजिक उत्तरदायीत्वलाई समेत संस्थागत गर्दै लैजाने बिषयमा महासंघले संबन्धित सरकारी निकायसंगको सहकार्यमा कार्यक्रहरु बनाउने छ ।
महासंघको नेतृत्व सफलहुनु भनेको आम ब्यवसायी तथा तपाई संगठनका सबै पदाधिकारीहरु सफल हुनु हो । यसलाई मनन गर्दै सामुहिक नेतृत्वको बिकास गर्ने तथा प्रभावशालि उत्तराधिकारी उत्पादन गर्ने कुरामा महासंघ हरदम हरपल कृयाशिल रहने प्रविद्धता सहित पुन सबैलाई हार्दिक आभार व्यक्त गर्दै म ठुलोबाबु श्रेष्ठ आजैका दिनबाट ग्रील तथा स्टील ब्यवसायी महासंघको अध्यक्षको पदभार ग्रहण गर्दछु” ।भनेका थिए ।
आजै पदभार ग्रहण गरेको भएपनि अब जेठ १ गते मात्र महासंघका नवनिर्वाचित अध्यक्षले महासंघको कार्यालयमा पुगेर आफ्नो कार्य सम्पादनको पहिलो निर्णय गर्ने समय तालिका रहेको सम्बन्धित श्रोतले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »