सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“जेठीला माया आम्लोङ ताजी”: शिर्षक जस्तै म्यूजिक भिडियाे

काठमाडौँ । नेपाल तामाङ कलाकार संघको केन्द्रिय अध्यक्ष, वरिष्ठ गायक तथा संगीतकार विश्व दोङको प्रमुख आतित्थ्यतामा “जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियो जेठ २ गते मंगलबार सार्वजनिक भएको छ ।

रिपु योञ्जन अफिसियल युटुब च्यानबाट सार्वजनिक भएको यो म्युजिक भिडियो कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ घेदुङको सिन्धुपाल्चोक जिल्ला शाखाको वरिष््ठ उपाध्यक्ष थुप्चेन ग्याल्बो मोक्तान, मम्स् नेपालको अध्यक्ष रन्जिता ब्लोन, तामाङ पत्रकार संघको संघीय सदस्य मिलन कुमार लामा दोङ, गायक तथा लेखक शुभ लाल तामाङ, मोडल तथा समाजसेवी फूर्वादोर्जे मोक्तान, अतिथिमा गायक तथा संगीतकार आस्मान लोप्चन, गायक अशोक लामा, लगाएतका विशेष व्यक्तित्वहरुको उपास्थिती रहेका थिए ।

“जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियोमा प्रमुख भुमिकामा देख्न पाइने अमिर दोङ कार्यक्रमको सभापति रहेको थियो भने नेपाल तामाङ पत्रकार संघ भक्तपुर शाखाको अध्यक्ष तथा तामाङ समुदायमा लामो समय देखि पत्रकारिता गर्दै आइरहेका पत्रकार तथा संचारकर्मी सुदिन लामा दोङले संचालन गरेको थियो ।

तामाङ गीत संगीतको क्षेत्रमा म्यूजिक भिडियोहरु सार्वजनिक हुने क्रम घट्दै गएको हो कि ? भन्ने अवस्थामा तामाङ महानायक अमिर दोङले अभिनय गरेको “जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियो ले आशा जगाइ दिन्छ कि भन्ने सबैले अनुमान गरेका थिए ।

“जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियो कस्तो बनेको छ ?

नेपाली सांगीतिक क्षेत्रमा भन्दा तामाङ सांगीतिक क्षेत्रमा धेरै म्यूजिक भिडियो सार्वजनिक हुने गर्दछन् । कसैले नपत्याउन पनि सकिन्छ तर गीत संगीतको क्षेत्रमा तामाङ समुदाय धेरै माथि उठि सकेको छ भन्दा धेरै फरक पर्दैन ।

म्यूजिक भिडियो सार्वजनिक हुन ठुलो कुरा हैन । त्यो म्यूजिक भिडियो हेरिसकेपछि के सन्देश पाउन सकिन्छ भन्ने महत्वपुर्ण कुरा हो । इन्डियामा, नेपालमा विभिन्न नृत्य प्रतिस्पर्धात्मक कार्यक्रमहरुको आयोजना भइरहेका हुन्छन् । ती कार्यक्रममा सहभागीहरुले अहिले सार्वजनिक भएका म्यूजिक भिडियोहरुबाट नयाँ नृत्यका स्टेपहरु सिक्न पाउछ कि पाउँदैन भन्ने कुराले ठुलो महत्व राख्ने गर्दछ तर “जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियोबाट माथि उल्लेखित कुराहरु पाउन सकिदैन ।

गायक रिजन थिङ र गायिका जितु लोप्चनले आवाजमा कुनै कमि हुन दिएको छैन । “जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियो सुन्नका लागि भन्दा पनि हेर्नका लागि निर्माण गरिएको हो । गायक प्रकाश सपुतको सकम्बरी गीत भन्दा म्यूजिक भिडियोमा अभिनय गरेका पात्रहरुको बढी चर्चा भएको थियो र विरोध पनि भएको थियो । सकम्बरी म्यूजिक भिडियोमा अभिनय गरेको पात्रले काठमाडौँमा संचालित रेष्टुरेन्ट्मा काम गर्ने चेलीहरुको अवस्थाकोबारेमा उठान गरेको थियो । त्यसरी नै तामाङ सागीतिक क्षेत्रमा म्यूजिक भिडियोको खडेरी लाग्दै जाँदा शिर्षक सुन्दा वहाँ लाग्ने तर भिडियो हेरेपछि निरन्तरतालाई मात्रै महत्व दिएछ भनेर मुख खुम्च्याउनुको कुनै बिकल्प छैन । त्यसकारण “जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियोमा महानायक अमिर दोङको कार्य क्षमता माथि नै हेर्ने दर्शकले प्रश्न उठाउनेछन् ।

अतिथि कलाकारको रुपमा तामाङ चलचित्र क्षेत्रको वरिष्ठ हाँस्य कलाकार कुईसाङ रुम्बा, पत्रकार छेडुप दोङ तामाङ,कलाकार क्रिश्मा वाइवा, जीवन वाइवा र लुक्सी तामाङको अभिनयलाई थोरै मात्रमा भएपनि देख्न सकिन्छ तर मुख्य भुमिका भनिएका अम्बलिका तामाङ स्थापित मोडल हो या सिक्दै गरेको मोडल हो जानकारी कोहि कसैले दिएको छैन । मोडल अम्बलिका तामाङको अभिनयलाई हेर्दा सिक्दै गरेको कलाकार हो भनेर सामान्य व्यक्तिले पनि अनुमान गर्न सकिन्छ । “जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियोको रेकडिङको समयमा र सुटिङको समयमा जस्तो चर्चा भएको छ । भिडियो सार्वजनिक भएपछि चर्चा पाउने सम्भावना भने कमै छ ।

मुख्य भुमिकामा देखिएका मोडल अम्बलिका तामाङले तामाङ चलचित्र क्षेत्रको महानायक अमिर दोङसँग अभिनय गर्ने रहर पाल्नु भन्दा पहिला आफ्नै अभिनयलाई निखार्नु पर्ने देखिन्छ ।

“जेठीला माया आम्लोङ ताजी” भिडियो हेरिएपछि छायांकन हुनुभन्दा पहिला तयारी कम भएको थाहा हुन्छ । यसमा कोरियो ग्राफीको कमजोर भनु या निर्देशकको, दर्शकले नै मुल्याङ्कन गर्ने छन् ।

म्यूजिक भिडियोकोबारेमा प्रमुख अतिथि विश्व दोङले भन्नु भयो । “तामाङ समुदायमा धेरै म्यूजिक भिडियोहरु निर्माण हुने गर्दछन् । हाम्रो लागि यो खुशीको कुरा हो तर हामीले समाजको लागि के दिने ? तामाङ सांगीतिक क्षेत्रमा नयाँपन कसरी ल्याउने भन्ने कुरामा कहिले ध्यान दिएनौ । “जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियोमा पनि केहि कमिकमोरहरु त छन् नै तर सफलताको शुभकामना । ”

प्रमुख अतिथि विश्व दोङले सेलो रागको विषयमा पनि बोल्नु भयो । उहाँ भन्नु हुन्छ । “सेलो राग किताब सार्वजनिक भएको दिन म उपस्थित हुन सकेन । अब हरेक तामाङ गायक गायिकाले सेलो राग हेर्नु पर्छ र पढ्नु पर्छ । हामी शब्दमा र रागमा धनी छौ । हामीले प्रयोग गर्न सकेका छैनौ । ”

शिर्षक जस्तै म्यूजिक भिडियाे ।

तामाङ समुदायमा आम्लाेङ भनेकाे नुन नलागेकाे अर्थ लाग्छ । तामाङ समुदायमा ख्यालठट्टा गर्दा वा कसैले कुरा नबुझ्दा आम्लाेङ भनेर गाली गर्ने गर्छन् । गीतमा जेठी श्रीमती नेपाली सेनामा कार्यरत जवानले भगाएर लगेपछि कान्छी श्रीमती विवाह गर्छन् । कान्छी श्रीमतीलाई फकाउनका लागि जेठी श्रीमतीलाई आम्लाेङ भनेर गाली गर्छन् । शब्द रचनाकार बिर बहादुर गाेम्बाेले सामाजमा घटेकाे घट्नालाई आधार मानेर रचना गरेकाे पाइन्छ । म्यूजिक भिडियाे पनि आम्लाेङ नै निर्माण भएकाे हाे कि ?

भर्खरै

सम्बन्धित खबर

Language »