सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चलचित्र नाना आङाको टिजर, गीत र तिङ्ला नाङ्साल एकै साथ प्रदर्शन गर्ने तयारी

काठमाडौँ । जिम्बा फिल्मस्को ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र “नाना आङा” प्रदर्शन गर्ने तयारीमा जुटेको निर्माण पक्षले जानकारी दिएको छ । ।

“नाना आङा” चलचित्रमा समाबेस गरिएको ३ वटा गीतहरु आउदो शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछन्। “नाना आङा” को आधिकारीक टिजर, ३ वटा गीत र चलचित्र तिङ्ला नाङसालको विशेष प्रदर्शनकोबारेमा उक्त पत्रकार सम्मेलनबाट सबैलाई जानकारी गराउने जिम्बा फिल्मस्का सञ्चालक एवम् चलचित्रका निर्देशक निमा लामा तामाङले बताए ।

जेठ ६ गते शनिबारका दिन ठिक ११ बजे उक्त चलचित्रको टिजर, गीतहरुको बिमोचन तथा तिङला नाङ्सालको विशेष प्रदर्शन गर्ने मिति तय भएको चलचित्रका निर्माता पेमा लामा योञ्जनले बताए । उनका अनुसार चलचित्र नाना आङाको छायांकन सम्पन्न भएर अहिले दृश्य सम्पादन, रंग संयोजन, डबिङ, मिक्सिङ र पोस्ट प्रोडक्सनको कामहरु भैरहेको र छिट्टै नै चलचित्र प्रदर्शनको मिति तय गर्नेछन् । उक्त चलचित्र भित्र समाबेस गरिएका ३ वटा गीतको भने अडियो र भिडियोसंग सम्बन्धित सम्पूर्ण काम सकिसकेको हँुदा जेठ छ गते सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

बार्षिक रुपमा विभिन्न खालका तामाङ भाषाको÷तामाङ कथानक चलचित्रहरु निर्माण गर्दै आएको जिम्बा फिल्मस् प्रा।लि।ले पछिल्ला समयमा एक पछि अर्को गर्दै नयाँ नयाँ चलचित्रहरु निर्माण गर्दे आएका छन् । यसै क्रममा गत भाद्र २५ गते मात्रै काठमाडौं स्थित नेपाल चलचित्र विकास बोर्डमा तामाङ भाषाको चलचित्र “हाल्से सोजी चु माया”को विशेष प्रदर्शन गरेका थिए । त्यस पछि उक्त चलचित्र उपत्यका र उपत्ययका बाहिरको विभिन्न ठाउँहरुमा सफल प्रदर्शन भए पश्चात तत्काल रुपमा जिम्बा फिल्मस्ले तामाङ भाषाकै चलचित्र “नाना आङा” निर्माण गरेका हुन् । “नाना आङ” को पोस्ट प्रोडक्सनका कार्यहरु अन्तिम चरणमा आउँदा फेरि अर्को चलचित्र “मायाला घ्रान” को छायांकनका लागि शुभ मुहूरत मिति तय गरिसकेको चलचित्रका निर्माता पेमा लामा योञ्जनले बताए ।

हाल पोस्ट प्रोडक्सनको क्रममा रहेको चलचित्र “नाना आङा” भने पारिवारीक प्रेम कहानी र सामाजीक कथावस्तुलाई समेटेर निर्माण गरेको निर्देशक निमा लामा तामाङले बताए । उनका अनुसार यस अघिको चलचित्रहरुमा भएका कमिकम्जोरीहरुलाई आफैले गहन रुपमा अध्ययन गरि ती चलचित्रहरु भन्दा “नाना आङा” चलचित्र धेरै पृथक ढंगले निर्माण गरिएको बताए ।

जेठ ६ गते सार्वजनिक गर्ने तयारीमा रहेको चलचित्र नाना आङाको गीतहरुमा नाना आङा, माया प्रेम संग सम्बन्धित गीत, जत्ति गल्ति तसै नोन र मायाला रङ रहेको छ । टाइटल गीत ”नाना आङा” को शब्द रचनकार नायीका अबिना गोले रहेका छन् भने बाँकी सबै गीतको शब्द÷संगीत निर्देशकद्धय निमा लामा तामाङकै रहेको छ । गीतमा स्वर भने, बिशाल काल्तान, जितु लोप्चान, शशिकला मोक्तान र निर्मला घिसिङको रहेको छ ।

सोही दिन प्रदर्शन गरिने चलचित्र तिङ्ला नाङ्सालको निर्माता संजु बोम्जन र मिन कुमार वाइबा रहेका छन् भने निर्देशन निमा लामा तामाङको रहेको छ । उक्त चलचित्रमा नायक कृष्ण लामा, सुशन वाईबा, नायीकाहरु अबिना गोले, कृश्मा वाईबा, अनिता बोम्जन, कलाकारहरुमा बिनिता थिङ, सोनु रुम्बा, सुनलाल वाईबा, कान्छामान वाईबा लगायत अन्य कलाकारहरुको अभिनय हेर्न सकिनेछ । त्यसै गरि कलाकारहरुमा नायक जय स्याङ्तान, सिताराम गोले, कल्पना वाईबा, करिसा वाईबा, कलाकारहरुमा माया घलान, सुनलाल वाईबा, राजन कुमार स्याङ्तान्, पेमा लामा योञ्जन, सुदिप कोब्रा, गोङ्बा च्याङ्बा, पुजा लामा, सुनिल लोप्चन, जगत मोक्तान, सानु गोले, निर्मला पाख्रिन लगायतका रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »