सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालमा साप्ताहिक सरसफाई अभियान शुरु


नेपालगञ्ज , भेरी अस्पतालले अवदेखि साप्ताहिक रुपमा सरसफाई अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक हप्ताको शनिवार अस्पताल क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.पवनजंग रायमाझीले बताए । सरसफाई अभियानको शुरुवात शनिवारदेखि भइसकेको उनले जानकारी दिए ।


शनिबार पहिलो दिन अस्पतालको प्रवेशद्धार क्षेत्र र परिसरमा सरसफाई गरिएको छ ।’ शनिवार पहिलो दिन अस्पताल अगाडि सडक क्षेत्रसँगै अस्पताल परिसरमा सरसफाई गरियो प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.रायमाझीले भने–‘अवदेखि प्रत्येक शनिवार अभियानकै रुपमा सञ्चालन गरिनेछ ।’ सफाईकर्मीसँगै चिकित्सक, कर्मचारी, नर्स, स्वास्थ्यकर्मी सबैले सँगसँगै सरसफाई गर्दा यसले सफाईकर्मीमा पनि सरसफाई गर्न प्रेरित गर्ने पनि उनको भनाइ छ ।

अर्को हप्ता चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने क्वाटर क्षेत्रको सफाइ गरिने प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.रायमाझीको भनाइ छ । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई सफासुग्घर बनाउने उद्देश्यका साथ यो अभियान प्रारम्भ गरिएको बताए ।
उनले अव यसलाई निरन्तरता दिइने भन्दै साप्ताहिक सरसफाई अभियानमा अस्पतालका सम्पूर्ण कर्मचारीहरुलाई सहभागिताको आग्रह पनि गरे । शनिवारदेखि शुरु भएको यो अभियानले त्यस्ता गुनासोलाई अन्त्य गर्ने पनि अध्यक्ष शाहले बताए । सरसफाई अभियानमा अस्पताल विकास समिति, अस्पताल प्रशासन, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको सहभागिता रहेको थियो । धेरै जस्तो बिरामीले अस्पतालको फोहोर व्यवस्थापनबारे गुनासो सुनाउँदै आएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »