सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी साबित्री लिम्बु प्रदेशसभा सदस्य दिपक मनाङ्गे बाट सम्मानित

काठमाडौं । बिभिन्न सामाजिक अभियान तथा सामाजिक कार्यहरुमा लामो समय देखि सहयोग तथा सहकार्य गर्दै आउनु भएकी साबित्री लिम्बु लाई आज एक कार्यक्रम बिच प्रदेशसभा सदस्यराजिव गुरुङ(दिपक मनाङ्गे) बाट सम्मानित हुनु भएको छ ।
नेपालको रेसलिङ क्षेत्रमा लेडी ड्राईगनको नामबाट चर्चित मुना श्रेष्ठको संयोजकत्वमा काठमाडौंको स्वयंभु स्थित भुईखेल मैदानमा आयोजना भएको सांस्कृतिक तथा रेस्लिङ खेल प्रदर्शन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेशसभा सदस्यराजिव गुरुङ(दिपक मनाङ्गे)ले समाजसेवी साबित्री लिम्बुलाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो ।
२०७२ सालको महा भुकम्प तथा बिश्व ब्यापिरुपमा प्रभाव पारेको कोरोना भाईरस प्रकोपको समयमा समाजसेवी लिम्बुले मानवका लागि मानव अभियान लगायत बिभिन्न अभियान मार्फत समाजिक कार्यहरुमा आफ्नो सकृय सहभागिता जनाउनु भएको थियो ।
यस्ता सम्मानहरुले आफुलाई समाजसेवा प्रती अझ जिम्मेवार बनाउने भन्दै समाजसेवी लिम्बुले आयोजक मुना श्रेष्ठ तथा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेशसभा सदस्यराजिव गुरुङ(दिपक मनाङ्गे) लाई हार्दिक आभार समेत ब्यक्त गर्नु भएको छ ।
Ultimate wrestling Entertainment को आयोजनामा भएको बिशेष सांस्कृतिक कार्यक्रम तथा अन्तराष्ट्रिय रेस्लिङ कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याउने तथा सो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो ।
नेपाली महिलाहरुको बिशेष पर्वकोरुपमा लिईने हरितालिका तिजको पुर्वसन्ध्यामा आयोजना गरिएको यो कार्यक्रममा आम दर्शकहरुलाई मनोरन्जन प्रदान गर्न बिभिन्न सांस्कृतिक प्रस्तुति तथा साहसिक खेलको रुपमा लिईने रेस्लिङ प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा तिन सेट रेस्लिङ खेल हुँदा पहिलो खेलमा भारतका रेस्लरलाई नेपाली नेपाली रेस्लर ले हराएका थिए भने अन्तिम खेलमा आयोजक मुना श्रेष्ठले जित हात पार्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »