सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“अब यात्रा कालापानीको”गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । सांगीतिक बजारमा आउने प्रतेक गीत संगीतहरुले केहि न केहि नयाँ ज्ञान र मनोरन्जन दर्शकहरुलाई दिन सफल भएका हुन्छन् ।
भनिन्छ हजारौं शब्दमा बयान गर्न नसकिने किताबको भावलाई दुई टुक्का गीतले समेट्न सक्छ ।
यस्तै आम दर्शक श्रोताको चाहनालाई मध्य नजर गर्दै धनेश्वर फिल्मस्ले देशभक्ति र प्रेम कथामा आधारीत गीत “अब यात्रा कालापानीको” सार्वजानिक गरेको छ ।
आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजानिक भएको यो कम्पनिको संचालक चलचित्र निर्माता, कलाकार,मोडल तथा युवा निर्माण ब्यवसायी बिकास थापा मगर हुन् ।
चर्चित गायक तथा संगीतकार विश्व दोङको शब्द र संगीत रहेको यो गीतमा श्वर जनकनाथ योगीको रहेको छ ।
गीतको एरेन्ज गोपाल दयाल,मिक्सिङ मनोज परियार,छायांकन दुर्गा श्रेष्ठ र रामकृष्ण चौलागाई,सम्पादन जोहन राई र मेकअप रवि के.सी.ले गरेका हुन् ।
मिलन आलेमगरले निर्देशन गरेको यो गीतको भिडियोमा नबिननाथ योगी ,बिकास थापामगर र नेहा बुढाथोकी मुख्य भुमिकामा देखिएका छन् ।
नेपाल र भारतको सिमानाको बिषयलाई लिएर बनाईएको यो गीतले प्रेम कथा सहितको देशभक्ति पुर्ण भावनालाई समेट्न प्रयत्न गरेको देखिन्छ ।
देश प्रेमिहरुले एकपल्ट सुन्नै पर्ने र हेर्नै पर्ने यो गीतको भिडीयो कस्तो छ ? ?
जिज्ञासा मेट्न यो भिडियो हेर्नुहोस्

भर्खरै

सम्बन्धित खबर

Language »