सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा क्षतिको विवरण संकलन सुरु


नेपालगन्ज, गत मंगलबार नेपालगन्जमा भएको घट्नामा तोडफोड र ढुंगामुढाबाट भएको क्षतिको विवरण संकलन सुरु गरिएको छ । नेपालगन्जस्थित वडा ११ इदगाहरोडमा सबैभन्दा बढी क्षति भएकाले वडा ११ को वडा कार्यालयले क्षतिको विवरण संकलन सुरु गरेको हो ।
वडा ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप नेतृत्वको टोलीले इदगाहरोडका पसल र घरको अवलोकन गरेर क्षतिको विवरण संकलन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षीय बैठकमा गरिएको सहमतिअनुसार क्षतिको विवरण संकलन गरेर लुम्बिनी प्रदेश गृह मन्त्रालयमा पठाइने र प्रदेश सरकारले क्षतिपूर्ति उपलब्ध गराउनेछ ।


नेपालगन्ज उपमहानगरपालिका ११ का वडा अध्यक्ष कश्यपले गत मंगलवारको घट्नामा भएको क्षतिको विवरण संकलन सुरु गरिएको बताउनुभयो । उहाँले क्षति भएका घर, पसल र घुम्तीमा पुगेर अवस्था हेरेर क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताउनुभयो ।
क्षति विवरण संकलनमा वडा अध्यक्ष कश्यपसँगै वडासचिव तेजबहादुर सिंह, वडा सदस्यहरु पुनम लखेर, सविता बाल्मिकि, जितेन्द्र गुप्ता, कर्मचारी सुरज साहु र वडा प्रहरीका असई पूर्णबहादुरलगायत खटिनुभएको छ । यसअघि सो घट्नामा परी घाइते हुनुभएका २२ जनाको उपचार नेपालगन्ज उपमहानगरले निःशुल्क गराएको थियो ।
गत मंगलवार भएको सो घट्ना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले उपमहानगर क्षेत्रमा कफ्र्यु र निषेधाज्ञा जारी गरेको थियो । नगरको अवस्था सामान्य बन्दै गएपछि कफ्र्यु र निषेधाज्ञा क्रमशः घटाउँदै लगिएकोमा मंगलवारबाट पुर्ण रुपमा कफ्र्यु र निषेधाज्ञा हटाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »