सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सर्वोच्व अदालतले अन्तरिम आदेश जारि गरे पछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा.अरुण मास्के निर्देशक बन्ने सम्भावना बलियो

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले सहिद गंगालाल हृदय केन्द्रको अवकाश दिनेगरी मिति असोज १६ गते थमाइएको अवकाशको पत्र नेपालको संविधानको धारा १७(२)(च), १८(१), २५(१) द्वारा प्रदत्त संवैधानिक हक एवम् सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५८ को नियम १०(१)को उपनियम ३ मा २०७९ साउन २१ गते भएको संसोधनबाट स्थापित कानुनी हक समेतको विपरीत रहेको भन्दै डा.अरुण मास्केले सर्वोच्वको दर्ता गराएको रिटमा अन्तरिम आदेश जारिभए पछि मास्के निर्देशक बन्ने सम्भावना बलियो रहेको श्रोतले बताएको छ ।
डा.अरुण मास्केले आफूलाई अस्पतालका कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५८ विपरीत ६० वर्षमै अनिवार्य अवकाश दिएर विरामीहरूको उपचार प्रभावित गराएको भन्दै अस्पताल र अस्पतालका निर्देशक डा. अधिकारीविरुद्ध सर्वोच्व अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सर्वोच्व अदालतले अन्तरिम आदेश दिएर डा. मास्केलाई नियमित काममा फर्किने वातावरण बनाएको हो ।
अदालतले डा. मास्केको अनिवार्य अवकाशको उमेरहद ६३ वर्ष भएकाले अहिले नै अवकाश दिन नमिल्ने पनि स्पष्ट गरेको छ । ‘निवेदक विशेषज्ञ चिकित्सक भएको र निजको अवकाश उमेरहद ६३ वर्ष नै कायम रहेको मान्नुपर्ने हुँदा निज निवेदक डा. अरुण मास्केलाई ६० वर्ष पूरा गरेकोले मिति २०८०÷०६÷१६ को पत्र यस निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नू र नगराउनू र निजलाई यथावत कामकाज गर्न दिनु र दिलाउनु भनी प्रत्यर्थीहरूका नाममा सर्वोच्व अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ ।
यस्तै, अदालतले लोक सेवा आयोगले गंगालालको विशेषज्ञ चिकित्सक समेतको सेवा, शर्त र सुविधासम्बन्धी परामर्श २०७८÷०७÷२३ मा प्राप्त भएकोमा यसै अदालतमा विचाराधीन मुद्दा तत्पश्चात दर्ता भएको स्मरण समेत गराएको छ ।

अधिकारीलाई सर्वोच्व अदालतको यो आदेशले आफ्नो बदनीयतपूर्ण हर्कतमाथि लगाम लगाएपछि यतिबेला अस्पतालमा निर्देशक डा. अधिकारी भने रनभुल्लमा परेका छन् ।
उनको गलत र मनोमानीपूर्ण निर्णयका कारण यो बीचमा धेरै बिरामीहरूले उपचार पाउनबाट समेत वञ्चित बनेका छन् । उपचारमा संलग्न हुनुपर्ने डाक्टर आफ्नो अधिकारको खोजीमा अदालतको ढोका ढकढक्याउन जाँदा बिरामीहरू नियमित उपचार पाउनबाट वञ्चित भएका हुन् ।
मुटु रोगसम्बन्धी डाक्टरहरूले निकै दुस्ख र मेहनतका साथ स्थापना गरेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पछिल्लो समय डा.चन्द्रमणि अधिकारीको व्यक्तिगत मनोमानी तथा कानुन र अस्पताल सञ्चालक समितिको निर्णय समेत नमान्ने ‘दादागिरी’ शैलीको व्यवहारका कारण तहसनहसको अवस्थामा पुगेको छ ।
उनको अस्वाभाविक कार्यशैलीबाट त्यहाँ कार्यरत प्रशासनिक तथा प्राविधिक कर्मचारीहरू आजित भएको बताउँछन् । आफ्नो व्यक्तिगत रिसिबी समेत प्रदर्शन गर्ने गरेका उनले गत १६ गते बिरामी जाँचिरहेका डा. मास्केको हातमा अनिवार्य अवकाशको पत्र थमाएका थिए । डा. अधिकारीले अवकाशको पत्र थमाउँदा डा. मास्केले आउँदो एक महिनासम्म बिरामी जाँच्ने र शल्यक्रिया गर्नेलगायत अनेकन समयतालिका निर्धारण गरिसकेका थिए । तर, निर्देशक अधिकारीले भने ती सबै कुरालाई बेवास्ता गरेर अस्पताल आउने बिरामीहरूको अधिकार उनीहरूमाथिको मानवता समेत नदेखाएर मास्केमाथि अवकाशको पत्र थमाएर आफ्नो अशली रूप देखाएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »