काठमाडौं । वर्तमान समाजको यथार्थतालाई साहित्यमा उतार्न रचनकारहरु सिपालु हुन्छन् नै, त्यसलाई स्वर र संगीतबाट आम श्रोताको मनमा बस्न गायक,गायीका तथा संगीतकारहरुले राम्रै मेहनत गरेका हुन्छन् ।
यस्तै नेपालको वर्तमान अबस्थालाई चित्रण गर्ने गरी बनाईएको “पियारी ज्यान त टाढा छ ”बोलको गीतको भिडियो निर्माण छायांकन कार्य सम्पन्न भएको छ ।
राम प्रसाद सापकोटा को शब्द, तिलक बस्नेत को सङ्गीत तथा तिलक बस्नेत र उषा गजुरेलको स्वरमा रहेको गीत बिशाल घिमिरेको निर्देशन, नबराज उप्रेतिको सिनेअटोग्राफरमा कलाकार मुकुन्द भुसाल र दिया मास्केको बेजोड अभिनयका साथ भिडियो निर्माण छायांकन कार्य सम्पन्न भएको छ ।
गीतमा शान्त शर्मा, डि.बि.पराजुली,उषा गजुरेल,दुर्गा ओझाा न्यौपाने लगायतको अभिनय रहेको छ ।
गीत तिलक बस्नेत अफिसियल युट्युब च्यानलबाट प्रशारण गरिने निर्माण पक्षले जानकारी गराएको छ ।
