तेमाल गाउँपालिका एक हप्ताका लागि लकडाउन

काठमाडाैँ । तेमाल गाउँपालिकाकाे ११ गते आकास्मिक बसेकाे बैठकबाट गाउँपालिकालाई लकडाउन गर्ने घाेषणा गरेकाे छ ।

नेपाल सरकारकाे याेजना र निर्देशन अनुसार चैत्र १८ सम्म घरबाट बाहिर ननिस्कनका लागि गाउँपालिकाले सबैलाई आग्राह गर्दै विज्ञप्ती जारी गरेका छन् ।

कुनैपनि आपतकालिन समस्या भएमा वडा अध्यक्ष वा तेमाल गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष लाई सम्पर्क गर्नका लागि प्रवक्त ज्ञानबहादुर माेक्तानले सबैमा अनुराेध गरेको छ ।

तेमाल प्रवेश गरिने प्रवेशद्धारमा स्थापना गरिएकाे हेल्थ-डेक्स्

काभ्रेकाे तेमाल प्रवेश गरिने दुवै प्रवेशद्वारमा हेल्थ डेक्स स्थापना गरिने भनिएता पनि काेटतेमालकाे कालीमाटी प्रवेशद्वारमा मात्र हेल्थ-डेक्स् स्थापना गरिएकाे छ । याे पर्याप्त भएन ।

Posted by sarakhabar on Monday, March 23, 2020
+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »