सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गठबन्धनमा को को सहभागि हुने भन्ने टुंगो लागे पछि मात्रै मन्त्रालय बाँडफाँट गरिने

काठमाडौँ । नयाँ गठबन्धनमा सहभागी हुने दलको टुङ्गो लागेपछि मात्र कुन दलले कति मन्त्रालय पाउने टुङ्गो लगाइने भएको छ । 

नयाँ गठबन्धनका चार राजनीतिक दलबिच सत्ता सहकार्यका लागि ८ बुँदे सहमति भएको छ ।  सहमतिमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालले हस्ताक्षर गरेका छन् । 

सहमतिमा सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने उल्लेख छ । त्यस्तै सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने पनि सहमति भएको छ । 

नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने पनि भनिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »