सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आरिफको सानदार ब्याटिङमा नेपालको ‘ए’ को विशाल स्कोर

काठमाडौँ । आरिफ शेखको सानदार ब्याटिङमा नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम ट्वान्टी(२० क्रिकेटमा आयरल्यान्ड उल्भ्स ९ए० लाई २१४ रनको लक्ष्य दिएको छ । आयरल्यान्ड ‘ए’ ले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २१३ रन बनायो ।

आरिफको सानदार ब्याटिङमा नेपालको ‘ए’ को विशाल स्कोर
पहिलो जितको खोजिमा रहेको नेपाल ‘ए’ बाट आरिफ शेखले सर्वाधिक अविजित ९३ रन बनाए । उनले ४८ बल खेली ७ चौका र ६ छक्का प्रहार गरेका थिए । शृंखलाको पहिलो दुई खेलमा आरिफले क्रमशः ४९ र १४ रन बनाएका थिए ।

आरिफ र रशिद खानले सातौं विकेटमा १९ बलमा ४६ रनको साझेदारी गरे । रशिदले १३ बल खेल्दै ३ छक्का प्रहार गरि २४ रन बनाए । उनले तीनै छक्का म्याथ्यु फोस्टरको १८ औ ओभरमा प्रहार गरेका थिए । रशिदलाई फोस्टरले त्यही ओभरमा आउट गरे । फोस्टरको त्यो ओभरमा नेपाली टोलीले १७ रन जोडेको थियो ।

आरिफ र कमलसिंह ऐरीले पनि आठौं विकेटमा १४ बलमा ४६ रनको साझेदारी गरे । कमलले ७ बल खेली २ चौका र १ छक्कासहित अविजित १९ रन बनाए । नेपालले अन्तिम ५ ओभरमा १ विकेट गुमाई ८४ रन बनाएको थियो ।

नेपालबाट अन्यले खासै गतिलो योगदान दिन सकेनन् । देव खनाल ६, लोकेश बम ८, कप्तान विनोद भण्डारी ११, बसिर अहमद १९, पवन सर्राफ १३ र नारायण जोशी १ रनमा आउट भए । आयरल्यान्ड ‘ए’ बाट फिओन हृयान्डले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

भर्खरै

सम्बन्धित खबर

Language »