सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी अभियन्ता राई र कुमालले गरे पत्रिका वितरकलाई सहयोग

नेपालगञ्ज, नेपालगञ्जका सामाजिक अभियन्ता मोहम्मद दानिष राई र रमेशचन्द्र कुमालले नेपालगञ्जका पत्रिका वितरकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

उहाँहरुले लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरकहरुको सहयोगका लागि सञ्चालन गरिरहेको अभियान मार्फत ६ जना पत्रिका वितरकलाई आइतबार सहयोग गर्नुभएको हो ।

प्रति ब्यक्ति १० किलो चामल, दुईकिलो आलु, एक किलो नुन, एक लिटर तेल, एक किलो दाल र एउटा सावुन सहयोग गरिएको लोकप्रिय सन्देशका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो ।

राई नेपालगञ्ज ४ बसपार्कमा रहेको दानिष ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक हुनुहुन्छ भने कुमाल कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त बाँकेका जिल्ला अध्यक्ष हुनुहुन्छ ।

लोकप्रिय सन्देश दैनिकको अभियान अन्तर्गत नेपालगञ्जबाट प्रकाशित हुने लोकप्रिय सन्देश, सद्भाव दैनिक, कालपृष्ठ दैनिक, हाम्रो समाचार दैनिक र दैनिक नेपालगञ्जमा कार्यरत पत्रिका वितरकहरुलाई सहयोग गरिएको छ ।

सहयोगदाता राई र कुमालले विपन्न ब्यक्तिलाई प्रत्यक्ष सहयोग गर्न पाएकोमा हर्षित भएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »