सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवा उद्यमी कमल कार्कीले गरे पत्रिका वितरकलाई सहयोग

नेपालगञ्ज, नेपालगञ्जका युवा उद्यमी कमल कार्कीले नेपालगञ्जका पत्रिका वितरकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

कार्कीले लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरकहरुको सहयोगका लागि सञ्चालन गरिरहेको अभियान मार्फत ५ जना पत्रिका वितरकलाई आइतबार सहयोग गर्नुभएको हो ।

प्रति ब्यक्ति १० किलो चामल, दुईकिलो आलु, एक किलो नुन, एक लिटर तेल, एक किलो दाल र एउटा सावुन सहयोग गरिएको लोकप्रिय सन्देशका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो ।

उद्योगपति कार्कीको समूहले कोरोना संक्रमणका कारण समस्यामा परेका विपन्न समुदायको सहयोगका लागि एकलाख रुपिया बढि सहयोग गरेको छ ।

लोकप्रिय सन्देश दैनिकको अभियान अन्तर्गत नेपालगञ्जबाट प्रकाशित हुने लोकप्रिय सन्देश, सद्भाव दैनिक, कालपृष्ठ दैनिक, हाम्रो समाचार दैनिक र दैनिक नेपालगञ्जमा कार्यरत पत्रिका वितरकहरुलाई सहयोग गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »