निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

एसविआई बैंकद्धारा खजुरा गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण


खजुरा ,नेपाल एसविआई बैंक लिमिटेडले खजुरा गाउँपालिकालाई आज स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।

पिपिई तिन थान, सेनिटाइजर, साबुन, हेन्डवास, सर्जिकल माक्स, गन थर्मामिटर गरि करिव ८२ हजार बराबरको गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

खजुरा गाउँपालिका कार्यालयमै पुगेर बैंकका प्रदेश नम्बर ५ प्रमुख डिकेन्द्र खड्का, कोहलपुर शाखा प्रमुख नवराज जोशी र बैंकका प्रदेश कर्मचारी जिवराज भण्डारी सहितको टोलीले उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।


खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसि, स्वास्थ शाखा प्रमुख पुर्ण बहादुर खड्का, नर्सिङ्ग निरिक्षक लक्ष्मि केसीले सामाग्री बुझ्दै कोरोना संक्रमित बाट बच्नका लागी केहि हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »