सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरा गाउँपालिकाद्धारा राहत वितरण सुरु


खजुरा , बाँकेको खजुरा गाउँपालिकाले लकडाउनको कारण दैनिक चुलो बाल्न नसक्नेहरुका लागी राहत वितरण सुरु गरेको छ ।

गाउँपालिकाद्धारा वितरण गरिने २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल सहित वडा वडामा राहत सामाग्री पठाउन थालिएको छ ।

खजुरा गाउँपालिकामा वडा नम्बर १ देखि ८ सम्मका अति विपन्न, विपन्नहरुलाई राहत वितरण दिन सुरु गरिएको हो ।

१६ सय ९८ जना परिवारलाई राहत वितरण गरिने कार्यक्रम अन्तरगत आज खजुरा गाउँपालिकाले वडास्तरबाट वितरण सुरु गरेको हो ।

३,४,५ वडामा राहत पठाईसकिएको खजुरा गाउँपालिकाका सुचना अधिकारी दिल बहादुर पौडेलले जानकारी दिनुभयो ।

यसरी हरेक वडामा पठाइने राहत सामाग्रीलाई वडा कार्यालयले छनोट गरेको घर परिवारलाई वितरण गरिने गरि प्रक्रिया मिलाइएको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले बताउनुभयो ।

उहाँका अनुसार यसरी राहतवितरण गर्दा सामाजिक दुरी कायम गर्दे एक पटकमा १० परिवारलाई वितरण गरिने गरि व्यवस्था मिलाइएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीका अनुसार राहत वितरणका लागी यस अघिनै राहत वितरण मापदण्ड पारित गरेको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »