सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भृकुटीमण्डपमा एमालेको जनसभा

काठमाडौं ।  काठमाडौंको भृकुटीमण्डपमा नेकपा (एमाले)को जनसभा सुरू भएको छ। 

शनिबार दिउँसो १ बजेदेखि भृकुटीमण्डपमा एमालेको जनसभा सुरू भएको हो। 

एमालेको बागमती प्रदेश कमिटीले आजको सभालाई प्रतिनिधि सभाको पुनर्स्थापना, गणतन्त्रको रक्षा र प्रतिगमन विरूद्धको  प्रदर्शन भनेको छ। 

सभाअघि भृकुटीमण्डमा र्‍याली गरिएको थियो। 

सो र्‍याली भृकुटीमण्डपबाट सुरू भई भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुन: भृकुटीमण्डप पुगेको हो।

अहिले अध्यक्ष केपी ओलीले सभालाई सम्बोधन गरिरहेका छन्। 

भर्खरै

सम्बन्धित खबर

Language »