सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रास्वपाको चुनावी सभा धनगढीबाट सुरू हुने, रवि र बालेनले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीबाट चुनावी सभा सुरू गर्ने भएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले मास प्रदर्शनसहितको जनप्रदर्शन गर्न लागेको हो।

रास्वपाले धनगढीबाट सभा सुरू गर्न लागेको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

उक्त सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह संयुक्त रूपमा सहभागी हुने र सम्बोधन गर्ने कार्यसूची छ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल  यही फागुन ६ गते कैलाली जिल्लाको धनगढी, पशुपति टोल (महोत्सव स्थल) मा जनसम्बोधनको कार्यक्रम रहेको छ,’ उनले भनिन्।

रास्वपाले कम्तीमा सात स्थानमा ठूला सभा गर्ने तयारी गरेको छ। प्रदेशस्तरीय उक्त सभा कहाँकहाँ हुनेछन् भनेर रास्वपाले खुलाइसकेको छैन।

यसअघि रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता छुट्टाछुट्टै हिँडिरहेकामा अब संयुक्त सम्बोधन गर्ने गरी पार्टीले तयारी गरेको हो। वरिष्ठ नेता बालेन शाहले एकपटक कोशी प्रदेशका पहाडी जिल्ला हुँदै सुदूरपश्चिमका जिल्लासमेत पुगिसकेका छन्। उनी अहिले मधेस प्रदेशका विभिन्न जिल्ला घुमिरहेका छन्। 

भर्खरै

सम्बन्धित खबर

Language »