सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खालिसिसी डटकम, सर्कुलर नेपाल ॐ समाज डेण्टल अस्पतालले विश्व वातावरण दिवसमा वातावरण संरक्षण, पुनःप्रयोग र सामाजिक सचेतना अभियान भव्य रूपमा सम्पन्न

राजन थापा

काठमाडौं / विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण, पुनःप्रयोग (रिसाइक्लिङ), शिक्षा तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियान काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। “From My Desk to Yours” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा संकलित पुनःप्रयोगयोग्य सामग्रीलाई विद्यालयस्तरमा उपयोगमा ल्याउँदै वातावरणीय सचेतनाको व्यवहारिक अभ्यास गराइएको हो।

खालिसिसी डटकम, सर्कुलर नेपाल तथा विभिन्न सामाजिक संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा इको च्यालेन्ज, रिसाइक्लिङ ड्राइभ, शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। विशेषगरी सिसडोल ल्यान्डफिल क्षेत्र आसपासका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यो अभियानले फोहोर व्यवस्थापन, वातावरणीय चुनौती तथा पुनःप्रयोगको महत्वबारे प्रभावकारी सन्देश दिएको आयोजकहरूले जनाएका छन्।

कार्यक्रमको पदाधिकारी टोलीमा आयुषी के.सी., विपना श्रेष्ठ, नवीन रिसाल, रुबिना थपलिया र विपना अर्याल रहेका थिए। उनीहरूको संयोजनमा सञ्चालन भएको अभियानले विद्यालय र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाएको आयोजकहरूको भनाइ छ।

कार्यक्रममा ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाले विद्यार्थीहरूको निःशुल्क दन्त परीक्षण तथा आवश्यक औषधि वितरण गरेको थियो। अस्पतालका स्वास्थ्यकर्मीहरूले दाँत तथा मुख स्वास्थ्य, सरसफाइको महत्व र नियमित स्वास्थ्य परीक्षणबारे विस्तृत जानकारी प्रदान गरेका थिए।

स्वास्थ्य र वातावरणबीचको प्रत्यक्ष सम्बन्धबारे पनि सचेतना फैलाइएको थियो। कार्यक्रमकी अध्यक्ष आयुषा केसीले वातावरण संरक्षणलाई दैनिक जीवनसँग जोड्न आवश्यक रहेको बताइन्। उनका अनुसार फोहोरका रूपमा फालिने सामग्रीलाई सही व्यवस्थापन र सिर्जनात्मक सोचमार्फत उपयोगी बनाउन सकिन्छ भन्ने कुरा विद्यार्थीहरूले व्यवहारमै प्रमाणित गरेका छन्। विद्यालय र समुदायबीचको सहकार्यले दिगो विकासको आधार तयार पार्ने उनको धारणा थियो।

कार्यक्रममा योगदान राष्ट्रका तर्फबाट सहभागी शर्मिला थापाले यस्ता अभियानले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र व्यवहारिक ज्ञान विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले वातावरण संरक्षणलाई केवल सैद्धान्तिक नभई व्यवहारिक रूपमा अपनाउनुपर्नेमा जोड दिइन्। त्यसैगरी ॐ समाज डेन्टल अस्पताल बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण तथा औषधि वितरणमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्न पाउँदा खुसी व्यक्त गरिन्। उनका अनुसार स्वस्थ शरीर र स्वच्छ वातावरण एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएका छन्, त्यसैले विद्यालयस्तरमै स्वास्थ्य शिक्षा विस्तार गर्न आवश्यक छ। अस्पतालका बोर्ड सदस्यहरूले पनि स्वास्थ्य, शिक्षा र वातावरणलाई समान रूपमा प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। उनीहरूका अनुसार समुदायस्तरमा गरिएका यस्ता पहलहरूले दीर्घकालीन रूपमा सकारात्मक सामाजिक परिवर्तन ल्याउनेछन्।

सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा ले वातावरण संरक्षणलाई केवल औपचारिक कार्यक्रम नभई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार स्वच्छ वातावरण र स्वस्थ समाज एकअर्काका परिपूरक हुन् र सामूहिक प्रयासमार्फत मात्रै दिगो तथा हरित भविष्य निर्माण सम्भव छ

। कार्यक्रममा घतराज मेमोरियल स्कूल, उल्लेन्स स्कूल, शिक्षान्तर स्कूल, प्रिमियर इन्टरनेशनल स्कूल, न्यू मिलेनियम स्कूल, अक्सफोर्ड प्राक्टिकल स्कूल, प्राइम कलेज, एभरेस्ट इङ्ग्लिस स्कूल, एस स्कूल तथा श्री महालक्ष्मी आधारभूत माध्यमिक विद्यालय लगायत विभिन्न शैक्षिक संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले पुनःप्रयोग, वातावरण संरक्षण र सामाजिक सेवाबारे व्यवहारिक ज्ञान प्राप्त गरेको आयोजकहरूले बताएका छन्।

कार्यक्रमले “प्रकृति बचाऔं, पुनः प्रयोग गरौं र भविष्य बनाऔं” भन्ने सशक्त सन्देश प्रवाह गर्दै वातावरण संरक्षणलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता पुनः पुष्टि गरेको छ। सहभागी सबै संस्थाहरूले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

यस अभियानले विद्यालय, स्वास्थ्य संस्था र सामाजिक अभियन्ताबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउँदै वातावरणीय सचेतना विस्तारमा महत्वपूर्ण योगदान दिएको आयोजकहरूको निष्कर्ष छ।

भर्खरै

सम्बन्धित खबर

Language »