सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कालिका गाउँपालिकाको अध्ययन भ्रमणमा लेखक, साहित्यकार र पत्रकारहरूको टोली प्रस्थान

काठमाडौं ।  रसुवास्थित कालिका गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा लोमश वाङ्मय प्रतिष्ठानको संयोजनमा लेखक, साहित्यकार र पत्रकारहरूको एक टोली काठमाडौँको सामाखुसीबाट कालिका गाउँपालिकाको स्थलगत अवलोकन भ्रमणका लागि प्रस्थान गरेको छ ।

उक्त टोलीमा प्रतीक घिमिरे, ममिला पौडेल, दीपक भेटुवाल ‘दीपसागर’, राजेन्द्रमान डंगोल, गङ्गा खतिवडा,यम बहादुर जोति, गोपालकृष्ण अधिकारी, डा. नवराज रिजाल, जयराम बिडारी, नवीन पल्लव, माधव घिमिरे, अनुप खनाल र डिबी पराजुलीलगायत १५ जनाको सहभागिता रहेको छ ।

टोलीले कालिका गाउँपालिकाको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक विविधताबारे स्थलगत अध्ययन–अनुसन्धान गरी त्यससम्बन्धी पुस्तक प्रकाशन गर्ने जिम्मेवारी प्राप्त गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »