सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेस्रो कृयटिभ इन्टरनेशनल म्युजिक अवार्ड — २०२६ को उत्कृष्ट पाँच मनोनयन घोषणा

काठमाडौं । एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा हुन लागिरहेको तेस्रो कृयटिभ इन्टरनेशनल म्युजिक अवार्ड — २०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजानिक गरिएको छ ।
तिन बर्ष अगाडीबाट शुरु गरिएको यो अवार्ड प्रतेक बर्ष आयोजना गरिदै आएको छ । आयोजक संस्था एक्टिभ म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेले यो बर्ष १५ बिधामा प्रत्यक्ष रुपमा अवार्ड प्रदान गरिन लागेको बताउनु भएको छ ।
उत्कृष्ट पाँच मनोनयन घोषणा संगै केहि दिन भित्रै आन्तरिक प्राबिधिक काम सकाएर यसलाई इसेवा मार्फत भोटिङ प्रणालीमा लैजाने तयारि भएको प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेले जानकारी गराउनु भयो ।
यसको फाईनल कहिले र कहाँ गर्ने भन्ने बिषयमा कम्पनिमा छलफल भईरहेको बताउँदै नौबागेले यो पल्टको अवार्ड सकेसम्म काठमाडौं उपत्यका बाहिर गर्ने तयारी रहेको समेत बताउनु भयो ।
अर्वाडलाई स्वच्छ प्रतिश्पर्धाको आधारमा वितरण गर्नको लागि यसलाई ईसेवा भोटिङ प्रणालीमा लाने गरिएको पनि प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेले प्रष्ट पार्नु भयो ।
आयोजकको मनोमानीले अर्वाड वितरण गर्दा स्वच्छ जस्तो नदेखिए पछि ईसेवा भोटिङको ६० प्रतिशत र निर्णायक मण्डलको ४० प्रतिशत अंक राखेर अवार्ड वितरणगर्ने आयोजकले तयारी गरिरहेको समेत उहाँले जानकारी गराउनु भयो ।
सर्वोत्कृष्ट पाँच भित्र पर्न सफल व्यक्ति तथा गीतहरुको विवरण यस प्रकार रहेको छ ।


१) सर्वोत्कृष्ट ध्वनि रेकडिङ
सागर बाजुराली–तिमी र म जाम माया
राज खड्का –झलिको
दिपक वि.सी–कालिगंगा
सुमन राना–मुटु खाईरयो
रन्जन राई–तिम्रो हासो


२)सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक
मौसम हिमाली– मनको दरबारमा
विनोद सुन्दास –रुनुको अर्थ
जोन राई–भमरा
दिपक एसके– कालिगंगा
जेरी भण्डारी– हिमाली फूल

३)सर्वोत्कृष्ट लाईभ दोहोरी गीत
देवि खवास–फुल खसेको
सुनिता सुनार–माया छुट्नुको
अनिल परियार–कति राम्रो दमैको छोरी
सन्तोश दवडी–धादिङ गजुरी
गँगा मगर–स्याङजा हरिनास

४)सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत लय संकलन
सुदिप परियार–रानी हजूर
गणेश बाबु बिक–सम्झि रुदैछु
सुर्य मम्बा तामाङ–भमरा
नविन परियार–त्यो केटी मिलाई देउन
सुन्दर आरडी–प्रदेशको तातो घाम


५)सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत म्यूजिक भिडियो मोडल (महिला)
चाहाना मगर–भमरा
अस्मिता रनपाल– कालिगंगा
अस्मिता पुरी–साईलो रनाभुला
टिका जैसी–रुन लेखेको
जुना गुरुङ–मालुङ कोटैमा


६)सर्वोत्कृष्ट आधुनिक /लोक आधुनिक गीतकार
देवेन्द्र शारु मगर–मनको दरबारमा
चन्द्र जयपाल राई–बाबियो डोरी
कुमार केरुङ–आउछु आउछु भन्दै
रबिन्द्र साही ठकुरी– अभागी खप्पर

प्रकाश दर्नाल — आमा रुन्छिन्


७)सर्वोत्कृष्ट आधुनिक गीत म्यूजिक भिडियो मोडल (पुरुष)
रमेश विश्वकर्मा — तिमि मेरो चाँदनी हौ
बिरेन्द्र नौभाग्य — सिंदुर पोते
सोनाम तामाङ — बाबियो डोरी
रोजन सुन्दास — ए तन
बिक्रम बुढाथोकी — अभागी खप्पर


८) सर्वोत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो मोडल(महिला)
आश्मा विश्वकर्मा — मनको दरवारमा
सानु बि.सी. — आमा रुन्छिन्
शिखा बि.सी.— तिमि मेरो चाँदनी हौ
सुश्मिता श्रेष्ठ — ढाका टोपी
जुना सुन्दास — पुतली
पबित्रा अर्याल (पबी) — बिर्सिएर तिमिलाई


९) सर्वोत्कृष्ट आधुनिक तथा लोक आधुनिक गीत गायक
सुरेश अन्जान — बिहेको निम्तो
राहुल श्रेष्ठ — सिठ्ठी बजाउँदै
एनिस एन्जल राई — मेरो पहिलो
कृष्णराज भण्डारी — आधा भोजपुरी आधा नेपाली
मंगल सिं प्रजा — छमछमी नाँचौन
जनक बिवस — जवाना खराब छ


१०) सर्वोत्कृष्ट आधुनिक तथा लोक आधुनिक गायीका
मेनुका राई — बाबियो डोरी
समिक्षा अधिकारी — मनको दरवारमा
सञ्जिता चेपाङ — छमछमी नाँचौन
उषा गजुरेल — पप्पि देउन
बिमला परियार — फाटेको मन


११) सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत शब्द संकलक
नेत्र अर्याल — त्योकेटी मिलाईदेउ न है
घनश्याम रिजाल — साथी
साबित्रा सिलवाल — मैलाई हेरेको
कान्छा सारु मगर — मेरो त आँशु पनि रहेछ
गोबिन्द बहादुर प्रधान — लाईदिउँकी माया झ्याम्मै


१२) सर्वोत्कृट लोक तथा दोहोरी गीत गायक
बिजय गौतम — पुरानो पिरती
दिनेश क्षेत्री — मैलाई हेरेको
हरी सुनार — लान्छौर लाहुरेको साथैमा
अमृत आचार्य(माईला गुरु) — उराठ संसार
अनमोल रसाईली — कुनले सम्झिन्छ


१३) सर्वोत्कृष्ट लोक तथा दोहोरी गायीका
शान्ति श्री परियार — भमरा
शान्तारानी परियार — स्याउली बजारमा
संगम लामिछाने — बोल्नै छाड्यौ मायालु
सुमन राना — पल्टने भेना
सुमितामी परियार — माया हिरिक्कै


१४) सर्वोत्कृष्ट लोक तथा दोहोरी नव गायीका
देवी आचार्य — पुरानो पिरती
बिमला सुनार — कालीगंगा
मालती परियार — कुनले सम्झिन्छ
कृष्ण मल्ल ठकुरी — दुःखी करिम भाग २
बिष्णु परियार — घाँसको डोको


१५) सर्वोत्कृष्ट राष्ट्रिय गीत
डि.बि.पराजुली — म झुक्न दिन्न मेरो देशको झण्डा
प्रेम शर्मा पौडेल — म त नेपाली
मोहन कार्की — मलाई नेपाल बनाउने रहर छ
नवराज जंग थापा — जाग युवा जाग
ईवेश तिरुवा — काँधमा छ राईफल

भर्खरै

सम्बन्धित खबर

Language »