सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो

काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार वीरगन्जमा एक युवतीको मृत्यु भएसँगै मृतकको संख्या ४५ पुगेको हो।

शुक्रबार वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी युवतीको मृत्यु भएको थियो।

बाराको परवानीपुर घर भएकी १९ वर्षीया ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो।

बिहीबार राति साढे ९ बजे तिर वीरगन्ज हेल्थ केयरबाट उनलाई गण्डकस्थित अस्थायी कोभिड अस्पताल लगिएको थियो। उनको आरडीटी पोजिटिभ आए पनि पीसीआर रिपोर्ट भने मृत्युपछि मात्र आएको हो।

प्रवक्ता गौतमका आनुसार मृतक युवतीलाई आइसोलेसनमा उपचारकै क्रममा पखाला धेरै चलेको थियो भने शरीमार अक्सिजनको मात्र कम भएको थियो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »