सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्मचारीमा कोरोना पुष्टि भएपछि जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

जलेश्वर। महोत्तरीको जलेश्वर नगरपालिकाका एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका अनिश्चितकालका लागि बन्द गरिएको छ।

ज्वरो आएर विराटनगर जाँच गराउन गएको र आज बिहान संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकको काम नगर्ने गरी नगरपालिका कार्यालय बन्द गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाका अनुसार नगरपालिकाको बैठक बसेर अर्को सूचना जारी नभएसम्म नगरपालिका कार्यालय बन्द गर्ने निर्णय गरिएको हो।

अन्य केही नगरप्रहरीमा समेत सामान्य ज्वरो आएको पाइएको छ। भोलि करिब ४० जनाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ।

ती कर्मचारी जलेश्वरमा कार्यरत भए पनि विराटनगरकै बासिन्दा भएको नगरपालिकाले जनाएको छ।

भोलिदेखि नगर क्षेत्र र नगरसँग सीमा जोडिएको क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय नगरपालिकाले गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »