सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा काङ्ग्रेस नेता नेकपामा प्रबेश,काङ्ग्रेस परित्यागको कारण यसरी खुलायाे

काठमाडौं । काभ्रेमा नेपाली काङ्ग्रेसका नेता सहित ३ जना काङ्ग्रेस कार्यकर्ता नेकपामा प्रबेश गरेका छन् । सोमबार नेकपाको पार्टी कार्यालय बानेपामा एक कार्यक्रमका साथ नेपाली काङ्ग्रेसका नेता सहित ३ जना कार्यकर्ता नेकपामा पबेश गरेका हुन् ।

नेपाली काङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्नेमा काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं.५ कानपुरका नेपाली काङ्ग्रेस वडा कमिटिका सह–सचिव केशब प्रसाद मैनाली, नेपाली काङ्ग्रेस वडा कमिटी सदस्य सञ्जय लामा र सुमन कोईराला हुन् । नेपाली काङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्ने तीन जनालाई काभ्रे जिल्ला नेकपा अध्यक्ष रुकु चौलागाई र सचिव टोक वहादुर वाईबाको हातबाट टिका र खादा लगाई नेकपामा स्वागत गरेका हुन् ।

उक्त कार्यक्रममा नेकपा जिल्ला कमिटि अध्यक्ष रुकु चौलागाई,सचिव टोक बहादुर वाईबा,जिल्ला कमिटिका अन्य सदस्यहरु लगायत, नमोबुद्ध नगरपालिका वडा नं.५ का वडा अध्यक्ष बुद्ध सिंह तामाङ, पार्टी अध्यक्ष डुप्साङ लामा,बुद्ध सिं लामा, नेकपाका नेता मिण्डु लामा, सिंग बहादुर तामाङ, सि.एस.लामा,बाबुराम कोईराला लगायत कानपुरका अन्य नेताहरुको उपस्थिति रहेका थिए ।

नेपाली काङ्ग्रेस परित्याग गरि नेकपामा प्रबेश गर्ने तिनै जनाले बि.पी.को समाजवादको बिचारलाई मागि खाने भांडोको रुपमा प्रयोग गरेको र नेपाली काङ्ग्रेस सांच्चिकै बुढो रुख रहेको र बाहिरी आवरण जस्तो देखे पनि यसको जरा मक्कि सकेको हुंदा बुढो रुखको फेद मुनी बस्नु आफ्नो लागि मात्र नभएर तिन करोड जनता र सिङ्गो नेपालको लागि अहित हुने भएकाले हामीले नेपाली काङ्ग्रेस परित्याग गरेका हौं भनेका थिए । वास्तबमा सर्वहारा जनता र यो मुलुकको हितका निम्ति काम गर्ने एउटै मात्र पार्टी नेकपा रहेको हुंदा हामीले नेपाली काङ्ग्रेस परित्याग गरि नेकपामा प्रबेश गरेको कुरा व्यक्त गर्दै अबका दिनहरुमा नेकपाको झण्डा मुनी एक्यबद्ध रुपम बसि पार्टी संगठका निम्ति सदा लागि रहने कुरा समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं.५ का वडा अध्यक्ष समेत रहेका नेकपाका नेता बुद्ध सिंह तामाङले नेकपामा प्रबेश गरेका तिनै जनालाई स्वागत गर्दै कानपुरमा नेकपाका संगठनले समाजमा हरेक सवालमा खेलेका भुमिका प्रति आकर्षित हुंदै नेकपमा प्रबेश गर्ने साथिहरुले सुखी नेपाली समृद्ध नेपालको अभियानमा ईट्टा थप्ने काम गरेकोमा खुशि व्यक्त गरेका थिए । पार्टीको नीति बिचार र सिद्धान्तलाई मन परेर जो जत्ति साथीहरु आज प्रबेश गरे ति सबैलाई समयानुकुल कुनै न कुनै जिम्मेवारी दिनुपर्ने कुरा समेत व्यक्त गरेका थिए ।

नेकपाका जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाईले पार्टी प्रबेश गर्नेलाई नेकपामा स्वागत गर्दै,अबका दिनमा भ्रमपूर्ण राजनिती बाट टाढा रहनु पर्ने कुरा व्यक्त गरेका थिए । एकताबद्ध पार्टी नै आजको आवश्यकता रहेको हुंदा सबै जना पार्टी टुट्फुट् र बिभाजनबाट माथी उठेर संगठनलाई मजबुद् पार्नृुपर्ने कुरा समेत व्यक्त गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »