सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाजिक सञ्जालमा फोटो राखेको निहुमा झडप, झण्डै एक दर्जन राउण्ड अश्रु ग्यास प्रहार

जनकपुरधाम । जनकपुरधाममा सामाजिक सञ्जालमा स्थानीय मुस्लिम समुदायले मोहर्रम पर्वका लागि बनाएकाे दाहा (झण्डा जस्ताे देखिने प्रतिमा) को तस्बिर राखेको निहुमा भएकाे विवादले झडपकाे रुप लिएकाे छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा एक हिन्दु युवाले मोहर्रमका लागि बनाइएको दाहाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको विषयलाई लिएर हिन्दु मुस्लिमबीच विवाद भएको हो।

केही दिन अगाडि हिन्दु युवाले दाहाको फोटो सामाजिक सञ्जालमा शेयर गरे लगत्तै मुस्लिम समुदाय सोही विषयलाई लिएर आक्रोशित भएको हो।

शनिबार बिहान सुरु भएको सो झडप नियन्त्रणमा आइसकेको र विवाद समाधानका लागि वार्ता भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

प्रहरीले सो झडपलाई नियन्त्रणमा लिनका लागि झण्डै एक दर्जन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले भने ४ राउण्ड मात्रैअश्रु ग्यास प्रहार गरिएको बताए ।

यता मोहर्रमका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समूहले त्यहीँ रहेको एक पसलमा तोडफोड गरेका छन्।

यद्यपि दाहामा आगो लगाइए नलगाइएको विषयमा प्रहरीले पुष्टि गरेको छैन।

भर्खरै

सम्बन्धित खबर

Language »