सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा भोली शुभकामना आदन प्रदान कार्यक्रम हुने

नेपालगन्ज ,नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, बाके जिल्लाले नेपालीहरुको महान पर्ब दशै, तिहारसँगै मनाउने छठ पर्व र मोहमद-डे को अवसरमा शुभकामना आदान प्रधान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

अध्यक्ष बुद्धि राज बर्तौलाका अनुसार संघको आयोजनामा मंगलबार नेपालगञ्जमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

‘कोरोना महामारीका कारण सबैतिर त्रास फैलदो अवस्था छ । यही समय नेपालीहरुको केही महान चाड पर्व पनि आएका छन्’, अध्यक्ष बर्तौला भन्छन्, ‘यही संकटको समयमा हामी एक आपसमा शुभकामना आदान प्रदान गरी दुःख भुलाउने प्रयास गर्ने छौं ।

एक अर्कामा हौसला थप्ने प्रयास गर्ने छौं ।’ अध्यक्ष बर्तौलाले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।

नेपालगञ्जको सुर्खेत रोड स्थित स्वस्तिक कटेजमा कार्तिक २५ गते दिनको १२ बजेबाट शुभकामना आदान प्रदान कार्यक्रम सुरु हुने छ ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, बाकेका बरिस्ठ उपाध्यक्ष अतुल गुप्ताले जानकारी दिनु भयाे ।

भर्खरै

सम्बन्धित खबर

Language »