नेपालगञ्ज, नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेको ५३ औँ स्थापना दिवसको अवसरमा बुधबार साईकल दौड प्रतियोगिता सम्पन्न भएको छ ।

“स्वास्थ्य, वातावरण र पर्यटनका लागि खेलकुद” भन्ने मूल नाराका साथ साईकल दौड प्रतियोगिता गरिएको नेपालगंज उद्योग वाणिज्य संघ संघका अध्यक्ष अव्दुल वाहिद मनसुरीले जानकारी दिनुभयो ।

प्रतियोगिता नेपालगन्जको वि.पि. चोक देखि शुरु भई बाँकेको गनापुर हुदैँ फेरी वि.पि. चोक (२० किलो मिटर) सम्मको दुरीमा सञ्चालन भएको थियो ।





दौडमा साईवान अली दर्जी प्रथम द्धितिय विवेक कुमार यादव, र तृतिय राम दर्शन यादव हुनु भएको छ ।








