सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानिय तहमा उम्मेदवार को टुंगो लगाउँदै माओवादी केन्द्र : ईन्द्रावती गाउँपालिकामा ठुलोबाबु श्रेष्ठ सर्वसहमत चयन

सिन्धुपाल्चोक । आसन्न स्थानिय निर्वाचन २०७९ को लागि स्थानिय तहबाट कस्को उम्मेदवारी रहने भन्ने बिषयमा निर्वाचन प्रयोजनको लागि दर्ता भएका राजनैतिक पार्टीहरुले आ–आफ्नो पार्टीको संबन्धित समिति मार्फत नामहरु सिफारीस गर्ने कामलाई निरन्तरता दिएका छन् ।
सिन्धुपाल्चोकको केहि ठाउँ बाहेक नेकपा माआवादी केन्द्रले आफ्नो पार्टीको तर्फबाट उठ्ने उम्मेदवार हरुको टुङ्गो लगाई रहेको छ ।
सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका को निर्वाचन कमाण्ड बैठकले अध्यक्षमा ठुलोबाबु श्रेष्ठ को उम्मेदवारी लाई सर्वसहमतले सिफारीसगर्ने निर्णय गरेको छ ।
निर्वाचन कमाण्ड बैठकले अध्यक्षमा ठुलोबाबु श्रेष्ठ तथा उपाध्यक्षमा सुमित्रा बस्नेत र मिना मैँया थापा लाई सिफरीस गर्ने निर्णय गरेको हो ।
सम्पर्क समन्वय समितिलाई पनि पार्टीकै एउटा भाग मानेर जाने भन्न्ो माओवादीको आठौं महाधिवेशन द्वारा पारीत बिधान बमोजिम पनि सम्पर्क समन्वय समितिलाई दश प्रतिशत कोटा छुट्याउनु पर्ने देखिन्छ ।
बिधानको सो नियम बमोजिम कति प्रतिशत लाई स्थानिय सरकारमा सहभागि गराईयो त्यो भने हेर्न बाँकी नै छ ।
आफु बिजयी भएको खण्डमा यस्ता कामहरु गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ ।
प्रतिबद्धता पत्रको शारांश जस्ताको तेस्तै –
ईन्द्रावती गाउँपालिकामा मेरो उमेद्वारी किन ?

कमरेडहरु !

                     दश बर्षे जनयुद्व र त्यसको जगमा उठेको १९ दिने जन आन्दोलनको राजनीतिक उपलब्धिको रुपमा प्राप्त संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापनासँगै देश संघीय संरचनामा प्रवेश गरेको हामी सवैलाई सर्बविदितै छ । देश संघीय संरचनामा प्रवेश गरेपछिको दोस्रो स्थानीय तह निर्वाचन यहि मिति २०७९ साल वैशाख ३० गते सम्पन्न हुनलागेकाले उक्त निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फ बाट ईन्द्रावती गाउँपालिकाको अध्यक्ष पदको लागि मेरो दावी रहने छ । 

लामो समय सम्म देश, जनता र पार्टीको हितमा मेरो जिवनको महत्वपुर्ण समयहरु ब्यतित भएका छन् । १६ बर्ष सम्म सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको नेतृत्व को रुपमा कार्य गरीरहँदा समग्र सिन्धुवासीको समस्या ,पिडा र सम्भावना संग नजिक हुने मौका पाएँ ।
बिषेशगरी रोजगारी ,ब्यबसाय र अध्ययनको शिलशिलामा काठमाडौं मा अस्थायी रुपमा बस्दै आउनुभएका ईन्द्रावती र आसपासका युवा ,बिद्यार्थि ,मजदुर लगायत आमनागरिक को भावनालाई कदर गर्न मैले यो उम्मेदवारी को प्रस्ताब गरेको हो ।
आम जनसमुदायको चाहना र पार्टीको मुल्याङ्कन लाई आत्मसाथ गर्दै अगाडी बढ्ने कुरामा म प्रतिबद्ध रहने छु ।
दश वर्षे जनयुद्व १९ दिने जनआन्दोलन लगायत अन्य राजनीतिक आन्दोलनहरूमा सहादत प्राप्त गर्नुहुने ज्ञात अज्ञात शहिदहरुप्रति उच्च सम्मानका साथमा भावपूर्ण श्रद्दान्जली अपर्ण गर्दै ,
अपाङ्ग तथा घाइते योद्दाहरुको सहज जीवनयापन तथा शीघ्र स्वास्थ्य लाभको कामना र वेपत्ता योद्दाहरुको स्थिति सार्वजनिक गर्न हार्दिक अपिल गर्दछु ।
ईन्द्रावती गाउँपालिकाको स्थानिय सरकारमा नेकपा माओवादी केन्द्रको निति र मेरो नेतृत्व रहेमा निम्न बिषयमा जोड दिने प्रतिबद्धता जाहेर गर्दछु ।
माओवादी केन्द्रको स्थानीय सरकार;
नि:शुल्क शिक्षा, स्वास्थ्य र अनवार्य रोजागार !
सडकको सुधार, कृषिमा जोड; शिक्षामा आधुनिकता, उद्योगमा खोज !
१). शिक्षा समाज विकासको मेरुदण्ड हो भने स्वस्थ्य खुशी र सहज जीवनयापनको आधार हो भन्ने भावनालाई आत्मसात् गर्दै कार्यक्रमहरू कार्यान्वयन गरिने छ ।
२). सडक तथा यातायात: सडकको विस्तार, विकासको आधार; समृद्दिको आकांक्षा पार्नुछ साकार–यस नारालाई केन्द्र बिन्दुमा राख्दै आएको नेकपा (माओवादी केन्द्र)ले सडक नपुगेका गाउँ र टोलमा ट्रयाक खोल्ने र पालिका भित्रका मुख्य सडकहरुको स्तर उन्नति गर्दै सडक तथा यातायातका क्षेत्रमा कार्यहरु गरिने छ ।
३).यो गाउँपालिकाको समृद्दिको प्रमुख आधार कृषि नै हो । कृषि र कृषकको उत्थान बिना यस पालिकाको समृद्दिको कल्पना साकार पार्न नसकिने भएकाले कार्यक्रमहरू कार्यान्वयनमा ल्याइने छ ।
४.जेष्ठ नागरिक जीवित इतिहास हुन् । उनीहरूप्रतिको सम्मान र उचित व्यवस्थापन हाम्रो कर्तव्य हो भन्ने मर्मलाई आत्मसात् गर्दै कार्यक्रमहरुलाई प्राथमिकतामा राखिने छ ।
५. ग्रामीण तथा बजार क्षेत्रमा उत्पादित फोहोर तथा ढलको उचित व्यवस्थापन गरि जमिन तथा जलप्रदुषण नियन्त्रण कार्यक्रम संचालन गर्ने ।
६.प्राकृतिक प्रकोपबाट पीडित नागरिकहरूलाई उद्दार, सहयोग र पुनर्स्थापना गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गर्ने र पालिकामा विपद व्यवस्थापन कोष निर्माण गर्ने ।
७.खानेपानी तथा सरसफाई: पालिका भित्रका सबै नागरिकहरुलाई आगामी ५ बर्षभित्रमा स्वच्छ र सफा पिउने पानीको प्रवन्ध गर्री ‘एक घर, एकधारा; सरसफाई हाम्रो अभिभारा’ अभियान संचालन गरिने छ ।
८.धर्म, संस्कृति, परम्परा र पर्यटन: नागरिकको धार्मिकस्वतन्त्रताको सम्मान गर्दै हरेक धर्मसँग जोडिएका परम्परा र संस्कृतिको जगेर्ना र धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धन गर्न पर्यटन विद्यालय स्थापना गरिने छ । गाउँपालिका भित्रका सदगद गर्ने स्थल (घाट तथा चिहान)हरुको व्यवस्थापन गरिने छ ।
९.प्राकृतिक श्रोत र साधनको सन्तुलित र व्यवस्थित उपयोग नीति अवलम्वन गरिने छ ।
१० पारदर्शिता र जवाफदेहिता लाई सार्वजनिक सेवा प्रवाहको मेरुदण्ड मानिने छ । पालिका तथा वडा कार्यलयहरूबाट प्रवाह हुने सेवाहरूलाई छिटो तथा छरितो बनाइने छ । औपचारिक कार्यक्रम तथा घुमफिरको कारणबाट पालिका तथा वडाहरुको सेवा प्रवाहमा ढिलासुस्ती हुन दिइने छैन ।
११) स्थानीय सरकारको कर्तब्य कर संकलनभन्दा पनि सेवा प्रदान गर्नु हो भन्ने मर्मलाई आत्मसात् गर्दै कर छुटको व्यवस्था गरिने छ । ‘एक घर; एक उद्यमी’ नीति अवलम्वन गर्दै ,सम्भाब्यता अध्ययन, उद्योग स्थापना तथा व्यापार प्रवर्धनका लागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याईने छ ।
१२.समाज विकासमा महिला र पुरुषको समान भूमिका हुन्छ । सदियौ देखिको असमान परिस्थितिले महिलाहरुलाई समाज विकासको मूल प्रवाहमा समान स्तरमा सहभागी हुन कठिनाई उत्पन्न गरिरहेको परिप्रेक्ष्यमा उनीहरुको सशक्तिकरणमा जोडदिन कार्यक्रमहरु अगाडि बढाईने छ ।
१३. परम्परादेखि कुनै न कुनै सीपमा आत्मनिर्भर जातजातिहरूको सीपमा आधुनिकता ल्याउन बाजा खरिद तथा आधुनिक आरन निर्माण र तालिमको व्यवस्था गर्दै आयआर्जनका अन्य उपायहरूको खोजीमा समेत सहयोग गरिने छ ।
१४. शहिद, घाइते, अपाङ्ग तथा बेपत्ता परिवारका सदस्यहरुको जीविकोपार्जन तथा सहयोगकोलागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याइने छ ।
१५.सूचना तथा संचार प्रविधिको प्रयोगमा जोड दिईने छ । सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू र विद्यालयहरूलाई प्रविधिमैत्री बनाई गुणस्तरीय सेवा प्रदान गर्न अप्टिकल फाइबरको बिस्तारका लागि समन्वय गरिने छ ।
१६.सामुदायिक भवन तथा पार्क निर्माण कार्यक्रमलाई महत्वकासाथ कार्यान्वयनमा ल्याइने छ । ग्रामीण विद्युतिकरणलाई सुरक्षित र व्यवस्थित बनाईने छ ।
सार्वजनिक स्थलमा हुने मादक पदार्थ सेवन लगायतका सामाजिक समस्याहरू समाधानका कार्यक्रमहरू तथा अत्यावश्यक स्थानहरूमा झोलुङ्गे पुलको व्यवस्था गरिने छ । सामाजिक सेवामा लागेका व्यक्तिहरूको मनोवल उच्च राख्न सामाजिक सेवा सम्मान कार्यक्रम कार्यान्वयन गरिने छ ।
सामुदायिक वन व्यास्थापन कार्यक्रमलाई थप प्रभावकारी वनाईने छ ।
पालिका सुरक्षा बल गठन गरिने छ ।
यसको बिस्तृत बिवरण पुर्ण पाठ सहित तपाईहरुको घरघरमा आएर हस्ताक्षर गर्दै आफ्नो प्रतिबद्धता जनाउने छु भन्दै …….
गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गरी नेकपा (माओवादी केन्द्र) लाई अत्याधिक वहुमतले विजयी गराउन हार्दिक अपिल गर्दछौ ।
वीर शहिदहरु– लाल सलाम !
नेकपा (माओवादी केन्द्र) – जिन्दावाद !
नेकपा (माओवादी केन्द्र)

                धन्यवाद !

भर्खरै

सम्बन्धित खबर

Language »