सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौँ । आफ्नै श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विषयमा झै-झगडाको क्रममा रूद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

भर्खरै

सम्बन्धित खबर

Language »