सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आमाछोदिङ्मो गाउँपालिकाका सुचना अधिकारी छेवाङ दोर्जे तामाङ सम्मानित

युएई । आमाछोदिङ्मो गाउँपालिकाका सुचना अधिकारी छेवाङ दोर्जे तामाङ एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ बाट सम्मानित भएका छन् ।

शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत उत्कृष्ट राष्ट्रसेवक सम्मानबाट प्रमुख अतिथि युएई सरकारका बरिष्ठ अघिकृत वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले तामाङलाई सम्मान गरेका हुन् ।

उक्त अवसरमा शैली मिडिया नेटवर्कका अध्यक्ष राम चन्द्र पोखरेलले एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गरेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »