काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।
संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणिकरण गरेकी हुन् ।
उक्त विधेयक बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। यससँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।
सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो