सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हत्यारा नै हात हल्लाउँदै जेलबाट बाहिर निस्किए

काठमाडौँ । बिहीबार सर्वोच्च अदालतको आदेशबाट रिहा भएका श्रीमती हत्यारा सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला डिल्लीबजार कारागारबाट हात हाल्लाउदै बाहिरिका छन्।

साँढे आठ वर्षअघिको जन्मकैदको फैसला पुनरावलोकन गर्दै सर्वोच्चले उनको सजाय ८ वर्ष ६ महिनामा झारिदिएको हो ।

जिल्ला र पुनरावेदन अदालतले कोइरालालाई दोषी ठहर गरेको फैसला मिले पनि सर्वस्वसहित जन्मकैदको सजाय नमिलेको सर्वोच्चको तर्क छ ।

उनलाई ’सर्वस्वसहित जन्मकैदको फैसला चर्को पर्ने हो कि भन्ने चित्तमा परेको’ भन्दै सजाय घटाइएको फैसलाको पूर्ण पाठमा उल्लेख छ।

रञ्जनले रिसको आवेगमा आएर हत्या गरेको र त्यो रिस गीताकै विवादका कारण उब्जिएको भन्दै सर्वोच्चको पछिल्लो फैसलामा हत्या गरिएकी रञ्जनकी मृत श्रीमती गीता ढकालमाथि समेत दोषी रहेको आशय प्रकट भएको देखिन्छ ।

बरु ८ वर्ष अघि श्रीमती हत्यामा उक्साउने आरोप लागेकी उनकै प्रेमिका तारा रेग्मी पो देखिइन्, रञ्जनलाई आफ्नो कार लिएर डिल्लीबजार कारागार अघिल्तिर ।

८ वर्ष अघि रञ्जनले प्रेमिका तारा रेग्मीसँग मिलि आफ्नै श्रीमतीलाई मारी प्लास्टिकमा पोको पारेर जङ्गलमा लगेर जलाएर निर्मम हत्या गरेका थिए ।त्यतिखेर काठमाडौँ जिल्ला आदलत र उच्च अदालत पाटनले पनि कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए।

तर उनि आफु कुनै हत्यारा नै होइन झैँ गरेर बिहीबार बिहान हात हल्लाउदै जेलबाट बाहिर निस्किएका छन्। यो घटनाले के नेपालमा न्याय मरेकैहो त भन्ने प्रश्न जन्माएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »