सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

असोज ५ गतेबाट अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीले भने, ‘सीसीएमसीको प्रस्ताव अनुसार निर्णय भएको छ । थप विषय मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्दा आउला ।’ सीसीएमसीको बैठक सोमबार नै बसेको थियो ।

अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान चैत १० बाटै रोकिएको छ । ५ साउनमा मन्त्रिपरिषदले लकडाउन अन्त्य गर्दा भदौ १ बाट अन्तर जिल्ला यातायात र हवाई उडान खुला गर्ने भनिएको थियो ।

तर कोरोना संक्रमण बढेसँगै सरकारले अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गर्‍यो भने अन्तराष्ट्रिय उडान सशर्त सुरु गर्‍यो ।

पछिल्लो समय भने यातायात व्यवसायी र मजदुर संगठनहरुले सरकारले निर्णय नगरे असोज १ बाट आफैं सवारी चलाउने चेतावनी समेत दिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »